बुटवल मंसिर ६/ बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालले लडेर ज्यान गुमाएका छन् । सोमबार दिउँसो आफ्नै घरको ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको छ । अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवल स्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए । बस्यालको सबलाई अहिले गोलपार्क स्थित उनकै निवासमा राखिएको छ ।