राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) कपिलवस्तु र लुम्विनीको कार्यक्रममा सहभागीहुन् आउदै

उज्यालो पोष्ट, सैनामैना ।

राष्ट्रपति विद्यादेवी भण्डारी विहिवार (आज) कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा जारी २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको हो ।

विहान ११ बजे हेलिकप्टरमार्फत् राष्ट्रपति भण्डारी आइपुग्नु हुने छ । राष्ट्रपति भण्डारीले जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको अवलोकन, विश्वविशाल शिव ज्योर्तिलिङको स्थापना र नवनिर्मित कुण्डको उद्घाटन गर्नुहुने यज्ञका प्रेरक गुरु ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले जानकारी दिनुभयो ।

उता आजै राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ वार्षिकोत्सव तथा पुस्तकालय भवन उद्घाटन गर्नुहुनेभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गरेको छ । बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउँदै छ ।

दिवसको मुख्य कार्यक्रममा प्रमुख अथितिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation