सैनामैनामा स्वास्थ्य स्वयम सेबिका सम्मानित

उज्यालो पोष्ट, सैनामैना ।
१८ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेबिका दिवसको अवसर पारेर रुपन्देहीको सैनामैनामा रहेका सामुदायिक स्वास्थ्य स्वयम् सेबिकाहरुलाई सैनामैना नगरपालिकाले सम्मान गरेको छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले समाजमा स्वास्थ्य स्वयम् सेबिकाहरुको भुमिका सरहानिय रहेको बताउनु भयो । उहाँले स्वास्थ्य स्वयम् सेबिकाहरुले गाउँगाउँ र टोलटोलमा निस्वार्थ रुपमा पुर्याएको सेवाको उच्च मुल्याङकन हरेक क्षेत्रबाट हुनु पर्ने बताउनु भयो । सैनामैनाको स्वास्थ्य क्षेत्रमा देखिने र महसुस हुने गरी काम भएको समेत प्रमुख कार्कीको भनाई थियो । यस पालिकामा जनप्रतिनिधि आए पछि स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन भएको जिकिर गर्नु भयो । उहाँले भन्नु भयो “सैनामैनामा पदपाणी प्राकृतिक चिकित्सालय, ३ वटा स्वास्थ्य चौकी, १ वटा शहरी स्वास्थ्य केन्द्र र ६ वटा वडा स्तरिय आभारभुत स्वास्थ्य केन्द्र, सर्पदशं अस्पताल, आखा उपचार केन्द्र लगायतका स्थानबाट सैनामैनाबासीहरुलाई स्वास्थ्य सेवा उपलब्द गराउदै आएका छौ र १५ शैयाको अस्पताल समेत निर्माण गर्ने काम सुरु गरेका छौ ।”

स्वयम् सेबिकाको भुमिकाको उच्च मुल्याङकन गर्दै नगरको तर्फबाट सक्दो सहयोग गर्ने सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।

कार्यक्रममा ६ जना उत्कृष्ट स्वयम् सेबिका नगद, प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरीएको थियो भने ७ जनालाई उमेर हदका कारण बिदाई गरिएको थियो । सैनामैनाका ७१ जना स्वयम सेबिकाहरुलाई परिचय पत्र र झोला समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा सैनामैनाका उपप्रमुख बिना राना, स्वयम् सेबिकाको तर्फबाट सिता घिमिरे, बिदाई हुने स्वयम सेवकको तर्फबाट लक्ष्मी पोख्रेल,स्वास्थ्य चौकीको तर्फबाट खगराज पोख्रेल लगायतले बोलेका थिए ।

कार्यक्रममा सैनामैनाका स्वास्थ्य शाखाका दिपक पाण्डेको स्वागत तथा शाखा प्रमुख हेमराज पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation