सैनामैनामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बासगढीमा श्रीमानको खुकुरी प्रहारबाट एक श्रीमतीको हत्या भएको छ। बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षीय खुमा घर्तीको उनकै श्रीमानले हत्या गरेका हुन्।

श्रीमान ३८ वर्षीय सुकुम भन्ने सन्तबहादुर घर्ती  भने फरार छन उनको खोजी कार्य भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले उज्यालो पोष्टलाई जानकारी गराए ।

सन्तबहादुरले शुक्रबार बिहान साढे ११ बजेतिर दिदीको घरमा आएकी खुमाको घाँटीमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते खुमालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिए पनि मध्यान्ह साढे १२ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation