कांग्रेस आर्काको एजेण्डमा नहिडोस् : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् । उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

यस्तै ओलीले भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजतन्त्रको पक्षमा बोलेका थिए । त्यसपछि सम्बोधन गरेका ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation