रुपन्देहीको सैनामैनामा गौरवको आयोजनाका लागि माटो उत्खनन गरियको छ । सैनामैनाको रिङरोडमा पर्ने इन्गुरिया पुल निर्माण गर्ने क्रममा फिलिङ गर्नकोलागि भनियता पनि सुकुम्वासि वस्तिवाट माटो ब्याक्तीगत जग्गामा डम्पीङ गरिएको छ ।
सैनामैना नगरपालिकाले वडा नं. ९ मा पर्ने चखंीपुर स्थीत उत्खनन गरिएको हो । यता वडा नं. नौ का वडा अध्यक्ष डोलराज भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत वाडर््को सिफारिस र अनुगमनबिना कसरी बोधार्थ आयो बुभm्न नसकेको कुारा ? भन्दै असन्तुष्ट ब्यत्त गरेका छन । नगर प्रमुख चित्र बहादुर कार्कि र उनकै पार्टिबाट वडा जितेका डोलराज भण्डारी बिच यस्तो जुहारी चलेको हो । सैनामैनामा अबैध रुपमा बेलाबेला माटो तस्कर गरेका समाचार वाहिरीने गरेका कारण पनि आम जनताको चासो बढेको हो । यसरि माटो उत्खनन् गर्दा तोकिएको परिणाम भन्दा बढी माटो निकासि हुने र ब्यक्तिगत प्रयोजनका लागि दुरुपयोग हुनेमा स्थानियको चासो बढेको छ । ३४,४७३ घनफिट माटो उत्खनन गर्न अनुमति दिएपनि आम जनताले तेसको मापन गर्न नसक्ने भएकाले इन्जीनियरको भर पर्नुपर्ने वाध्यताले दुरुपयोग हुनसक्ने स्थानियले गुनासो गरेका छन् ।