शैक्षिक भ्रमणमा आएको बस दाङमा दुर्घटना, कम्तीमा १० जना घाइते

दाङ – दाङमा भ्रमणमा आएको स्कुल बस दुर्घटना भएको छ। धारपानी मन्दिरको दर्शन गरेर फर्किने क्रममा घोराही उपमहानगरपालिका–३ चौपट्टा ओरालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

ओरालोमा ब्रेक फेल भएपछि चालकले बचाउन भित्तामा बस टसाएको र सो क्रममा भएको दुर्घटनामा परी कम्तीमा १० जना विद्यार्थी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए।

नेपालगञ्जस्थित भेरी विद्यामन्दिर राँझा को भे १ ख २२२१ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थीलाई सामान्य चोटपटक लागेको र उपचारका लागि लमही अस्पताल पु¥याइएको छ। कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी भ्रमणका लागि दाङ आएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation