,पुष १४गते-सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ ।संघको सचिवालयमा आज भएको नियमित बैठकमा संघका नव सल्लाहकारहरुलाई कार्यसमितिले सम्मान गरेको हो । बैठकले संघको भवन निर्माणका लागी ५ कठ्ठा जग्गा सैनामैना नगरपालिका संग माग गर्ने सम्बन्धमा निर्णय गरिएको छ । कार्यक्रम संघका अध्यक्ष प्रेम खड्काको अध्यक्षतामा भएको कार्यक्रम संघका महासचिब लोकनाथ अधिकारीले कार्यक्रमको सञ्चालन गरेका हुन् ।