![](https://ujyaalopost.com/wp-content/uploads/2022/01/accident-new-1024x533-1.jpg)
बुटवल । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । आइतबार बिहान शव लिएर गएको बस दुर्घटना भएको हो । लु २ ख ७२७९ नम्बरको करिब ४० जना सवार बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको घटना स्थलमा पुगेको प्रहरीको प्रराम्भिक अनुसन्धानले बताएको छ । विस्तृत विवरण आउन बाँकी ।