मध्यरातमा मतदाता नामावली संकलन – ईलाका प्रशासन कार्यालयमा तालाबन्दी

बुटवल पुष २३/ मध्यरातमा ईलाका प्रशासन कार्यालयमा मतदाता नामावली संकलन गरेको भन्दै एमालेले तालवन्दी गरेको छ।

नेपाली कांग्रेसले सत्ता र सक्तिकाे दुरुपयोग गर्दै प्रमाण नपुग्नेहरुकाे मतदाता नामावली संकलन गरिएको फाेटाे खिच्ने काम गरेको भेटिएपछि एमाले नगरकमिटिले तालबन्दी गरिएको हाे।

अहिले ईलाका प्रशासन कार्यालयकाे कार्यकक्ष भित्र ५० भन्दा बढी सर्वसाधारण थुनिएका छन्।

नागरिकता प्रमाणपत्र बाहेक अन्य कागजात नभएका रुपन्देही बाहिरका मतदातालाई थप्ने याेजनामा सत्तारुढ दलका नेताहरुले मध्यरातमा उक्त काम गरेकाे एमाले रुपन्देहीका नेता राजेन्द्र ढकालले बताए।

निर्वाचन कार्यालयले सत्तारुढ गठबन्धनका नेताहरुकाे याेजनामा बसाइँसराइ कागजात नभएकाहरुकाे मतदाता नामावली संकलन गरी फाेटाे खिच्ने काम गरेकोले ईलाका प्रशासन कार्यालयमा रहेको निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको नेकपा एमालेले जिल्ला कमिटी सदस्य बावुराम पन्थीले बताए।

मतदाता नामावली संकलन गर्ने काममा नेपाली काँग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्ताहरु समेत परिचालन गरिएको भेटिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation