सैनामैना जेसीसको पद हस्तान्तरण : अध्यक्षमा रामचन्द्र ढकाल

माघ १५, सैनामैना ।

सैनामैना जेसीसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित एक विषेश समारोहका बिच वर्ष २०२२ का लागी अध्यक्षमा निर्वाचित रामचन्द्र ढकाल सहित अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो ।

वर्ष २०२० का शाखा अध्यक्ष सिता क्षेत्रीले वर्ष २०२२ का नव निर्वाचित अध्यक्ष राम चन्द्र ढकाललाई चेन हस्तान्तरण गर्दै पदस्थापना गरिएको हो ।

सैनामैना स्थित बामरी पार्टि प्यालेयसको सभाहलमा भएको कार्यक्रम सैनामैना जेसीज वर्ष २०२० का अध्यक्ष सिता क्षेत्रीको अध्यक्षता, नेपाल जेसीस एरिया डि का निरुपित अध्यक्ष अमर बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल जेसीस एरिया डि का निरुपित अध्यक्ष अमर बहादुर शाहीले जेसिजले यूवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै समाज रुपान्तरणमा भुमिका खेल्दै आएको छ ।

जेसीजबाट सिकेका र गरेका अनुभुतिहरुलाई समाजको दिगो विकासमा नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा जोड दिदैँ जेसिआई सैनामैनाले थप उल्लेख्य काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, नेपाली काँग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, कञ्चन जेसीजका पुर्व अध्यक्ष राधिका चौधरी, नेकपा एमाले जिल्ला कमिटि सदस्य खुशीराम चौधरी, नेपाली काँग्रेस सैनाामैना नगर सभापति रण बहादुर खनाल, नेकपा माओवादी सैनामैना नगर सचिव दिपक भण्डारी, नेकपा एकिकृत समाजवादी सैनामैना नगर अध्यक्ष देवराज पौडेल, नेपाल रेडक्रस लुम्बिनी प्रदेश महासचिव लाल प्रसाद पंगेनी कृष्ण, अलायन्स क्लब अफ सैनामैना अध्यक्ष दिपक काफ्ले लगायतले बोल्दै यूवाहरुलाई सामाजिक, राजनितिक र आर्थिक संमृद्धिका क्षेत्रमा समेत काम गर्न आग्रह गर्दै निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

वर्ष २०२० का नव नवनिर्वाचित अध्यक्ष रामचन्द्र ढकालले कार्यक्रमलाई सम्वोधन गर्दै युवाहरुको व्यक्तित्व र नेतृत्वको क्षमता अभिबृद्धि गराइ समाजमा सकारात्मक परिवनर्तनका निम्ती अग्रसर रहने बताउनुभयो  ।

अध्यक्ष ढकालले आफ्नो समितिमा निवाचित भएका अन्य पदाधिकारीहरुलाई सपथ खुवाउनुभएको थियो  ।

शाखाको नवनिवाचित कार्यकारिणी उपाध्यक्षमा यदुनन्द भण्डारी, सुरज भट्टराई, कानुनी सल्लाहकार भेषराज भण्डारी, महासचिव कृष्ण भण्डारी, कोषाध्यक्ष शिशिर ज्ञवाली, उपाध्यक्ष गोपाल भण्डारी, रामदेव चौधरी, अभियन घिमिरे, विष्णु शर्मा, सचिव नकुल विष्ट र सह–कोषाध्यक्षमा सरोज चौधरी रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation