उज्यालो पोष्ट, बुटवल ।
राज्यले दिएको सेवासुविधा नदिएकोे भन्दै ईसिडि सहजकर्ता तथा विद्यालय कर्मचारीहरुले बुधवार रैनादेवी गाउपालिकामा धर्ना दिइरहेकै बेला पालिका प्रमुख कार्की बाहिरिए ।
रैनादेवी गाँउपालिका भित्रका ईसिडि शिक्षकहरुले गाँउपालिका कार्यलय अगाडी धर्ना दिदै थिए कतिपय आउदैथिए । व्यानर सहित जुटेका ति शिक्षक कर्मचारीहरुलाई बेवास्ता गर्दै व्यानर पढ्दै गाँउपालिका प्रमुख रामबहादुर कार्की भने सरकारी गाडी चडेर निस्किए । स्थानिय तथा वाहिरबाट पुगेका केहि सञ्चारकर्मीले यस विषयमा वुझ्न खोज्दा समेत कुनै प्रतिकृया दिन चाहेनन् ।
आफुुहरु राज्यको सुविधामा मस्ती गरिरहेको तर कर्मचारीलाई राज्यले तोकेको सुविधा समेत उपलव्ध नगराएको इसिडी शिक्षकहरुले बताएका छन् । आफुहरुको माग स्थानिय सरकारले पुरा नगरे थप आन्दोलनका कार्यक्रम अगाढी वढाउने रन्जना रायमाझीले बताउनुभयो ।
संघिय सरकारले ८ हजार र स्थानिय सरकारले ७ हजार गरी १५ हजार तलव ईसिडि शिक्षकलाई दिने सरकारले वजेट भाषणमा प्रस्तुत गरेको थियो । यसै सन्दर्भमा जिल्लाका केही पालिकाका ईसिडि शिक्षकहरुस संग वुझ्दा आफुहरुले राज्यले तोकेको सेवा सुविधा पाईरहेको उज्यालो पोष्टलाई बताए । तर रैनादेवी गाँपालिकाले ईसिडि शिक्षकहरुलाई किन उपलव्ध गराउन सकेन त यो भने संकाको विषय रहेको छ ।