बिनोद बिष्टको बैमानीको मायाले गीत बजारमा

उज्यालो पोष्ट, सैनामैना ।

नेपाली लोक सांगीतिक क्षेत्रमा उदाउदै गरेका गायक तथा संचारकर्मी विनोद विष्टले बैमानीको मायाले बोलको गीत सार्वजनिक गरेका छन् । यस अगाडीका गीतहरुबाट सफलताहात पारिसकेका उनी बैमानीको मायाले गीतले पनि दर्शक श्रोताको मन जित्नेमा आफु ढुक्क रहेको विष्टले उज्यालो पोष्ट संग बताए ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा तन मन सहित लागेका विष्टका यस भन्दा अगाडी पनि धेरै गीत बजारमा आइसकेका छन । गीत गाएर जीवन निर्वाह गर्ने सोच बनायका उनी रुपन्देही जिल्लाको पुरानो रेडियो स्टेशन बुटवल एफ यममा समेत कार्यरत छन् ।

आइतबार सार्वजनिक भएको बैगुनीको मायाले बोलको गीतमा बिनोद बिष्ट र सिला गुरुङको आवाज रहेको छ भने बिक्रम बाबू बिश्वकर्माको शब्द नन्दु परियारको लय तथा रामचन्द्र चन्दको एरेन्ज रहेको छ। उक्त भिडियोमा अनुभव पौडेल र अनु चन्दको नृत्य रहेको छ। गीत रामचन्द्र चन्द युट्युब च्यानलमा हेर्न सकिनेछ ।

भिडियो हेर्न तलको लिङकमा जानुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation