एमसीसी टेबुल गरेकोमा सत्तारुढ दल माओवादीको विरोध

काठमाडौं, ८ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाएको छ ।

आइतबार संसद बैठक सुरु हुनासाथ समय माग गरेर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आफ्नो पार्टीको विरोध रहेको बताएका हुन् ।

प्रमुख सचेतक गुरुङले आर्थिक अनुदानलाई संसदबाट पारित गर्ने परम्परा नभएको भन्दै एमसीसीलाई संसदबाट पारित गर्न नपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation