पाल्पा बगनासकाली अध्यक्षको उम्मेदवार सरस्वती चिदी

पाल्पा । नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो लगाएको छ ।

पार्टीले गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उठाउने निर्णय गरेको एमाले प्रदेश कमिटि सदस्य एवम् बगनाकाली इन्चार्ज देबीप्रसाद बस्यालले बताउनुभयो । अध्यक्षकी उम्मेदवार चिदी हाल बगनासकाली गाउँपालिकाको उपाध्यक्षको रुपमा रहनुभएको छ । उहाँको सरल शैली धेरैले मन पराएका छन् । चिदीले उपाध्यक्षको रुपमा कुशलतापुर्वक काम गर्नुभएकोले पनि उहाँलाई अध्यक्षको रुपमा अगाडि बढाइएको पार्टीले जनाएको छ ।

उपाध्यक्षका उम्मेद्वार पाठक नेकपा एमाले बगनासकाली गाउँ कमिटिको अध्यक्षको रुपमा रहनुभएको छ । उहाँले यसअघि तत्कालीन खानीगाउँ गाविसको उपाध्यक्षको रुपमा काम गनुभएको थियो । बिभिन्न बिद्यालय, सामाजिक संघ संस्थाहरुको नेतृत्व गरिसक्नुभएका पाठकले बरांगदी, खानीगाउँ, चापपानी क्षेत्रको चर्चित खानेपानी योजना तातोपानी खानेपानी योजनाको समेत नेतृत्व गरिसक्नुभएको छ ।

एमालेले बगनासकाली गाउँपालिकाका लगभग सबै वडाहरुमा नेतृत्व चयनको प्रक्रिया टुंगिएको जनाएको छ । यसअघि वडा नं। २ मा तिर्थ भट्टराई अध्यक्ष रहने गरि, वडा न।। ३ मा टिका बहादुर थापा अध्यक्ष रहनेगरि, वडा नं। ६ यम्घामा जयराम बस्याल अध्यक्ष रहनेगरि, वडा नं। ७ खानीगाउँमा गण बहादुर बुढाथोकी अध्यक्ष रहनेगरि उम्मेद्वारहरु चयन गरि सावर्जनिक समेत गरिसकेको छ । अन्य वडाहरुको काम पनि भईरहेको एमालेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation