को हुन् त बालकृष्ण ? जनताले फेरी चाहे !

उज्यालो पोष्ट, रुपन्देही ।
पिता चुरामणि (पतिराम) र माता दोमन्तकला आचार्यको जेठो छोराको रुपमा २०१० साल मंसिर ८ गते भारतको सिलाङ्गमा जन्मिएका बालकृष्ण शर्मा आचार्यले अर्घाखाँचीकै एक स्थानीय विद्यालय श्री सुन्दरा प्रा.वि खनदहमा १ देखि ५ सम्म अध्ययन गरेका थिए ।

कक्षा पाँच पढ्न भने उनि तौलिहवा झरे । जिवनका निकै कठिन क्षण उनका सम्झनलाएक छन् । पढाइले जिवनलाई दौडाइरहने उनि कक्षा ६ देखि ९ सम्म पढ्न भने पाल्पाको सदरमुकाम तानसेन पुगे । कक्षा १० मा पढ्दा पढ्दै उनि बुटवल टेक्नीकल इन्सिटच्युटको विज्ञापनको सूचना थाहा पाएपछि बुटवल भर्ना भई २०३२ सालमा प्राइभेट एस.एल.सी. परिक्षा पास गरी २०३३ सालमा  BTI बाट चार वर्षे इलेक्ट्रीकलको र्र्सिर्टफिकेट प्राप्त गर्दाका बखत उनि सो सर्टिफिकेट प्राप्त गर्न निकै संघर्ष गर्नु पर्योे ।

फलस्वरुप राष्ट्रिय पत्रमा अङकित प्रथम श्रेणीको सर्टिफिकेट प्राप्त गरेका उनका संघर्षका कथा निकै ऊर्जाशिल छन् । पछि फेरी २०३४ सालमा भारतको इलाहबादमा अध्ययन गरेका उनले आइ.ए. पास गरे । सानै उमेरदेखि हक्की स्वभावका उनी आफ्नै संघर्षबाट अध्ययन पुरा गरे ।

जिवन संघर्ष नै त रहेछ भनि उनी समाज परिवर्तन गर्ने हुटहुुटीले भने निकै सताइरहन्थ्यो । उनलाइ २०२४ साल तिरको कुरा हुँदो हो उनी तानसेन पढ्नदेखि अनेरास्ववियूमा आबद्ध भए । तेतिबेला विचारको बहस भूमिगत र अर्धभूमिगत जिवनमा पार्टीको पुष्पलाल समुहमा काम गर्दै २०३८ सालमा नेकपा माले हुँदै गाउँ कमिटी सचिव २०४३ सालसम्म, २०४६ सालमा ने.क.पा. एमाले हुँदा पार्टीको संगठित सदस्य हुँदै क्षेत्रीय कमिटी, इलाका कमिटी हुँदै २०५२ सालमा ने.क.पा.एमालेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाले ।

२०४३ सालको जनपक्षिय उम्मेद्वार भइ खन गा.वि.स.को पञ्चायत कालमा उम्मेद्वार भइ झिनो मतले चुनावमा पराजित भए पनि पछि चुनाव उपयोग गरेको निहूमा पञ्चहरु डराइसकेपछि २०४३ देखि २०४९ सम्म विभिन्न झुटा मुद्दा लगाइ पटक पटक हिरासतमा यातना दिँदै २०४५ सालमा तत्कालिन राज्यसत्ताले ज्यान मार्ने उद्योगमा झुटा मुद्दा लगाइ गुल्मी जिल्ला कारागारमा बसी आफ्नो जीवन जनता र देशप्रति सर्मिर्पत गर्दै पछि ती झुटा मुद्दाहरु खारेज भई २०४९ सालमा खन गा.वि.स को अध्यक्ष भइ कार्य सम्पादन गरे । २०५४ सालमा पुन गाविस अध्यक्षमा निर्वाचीत भइ जनताको सेवामा सर्मपीत हुदै संघीय सरकारको स्थानिय तह निर्वाचन २०७४ सालमा मालारानी गाउपालिकाको अध्यक्षमा निर्वाचित भइ लोक प्रिय नेताको रुपमा छवि वनाउनुभएको छ ।


यहि आउदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मालारानी गाउपालिकाको अध्यक्षको बलियो दावेदार समेत हुनुहुन्छ बालकृष्ण शर्मा । २०७४ सालको स्थानीय तहमा निवार्चित भइसकेपछि मालारानी गाउँपालिकाको मुहारनै फेर्न सफल शर्मालाई पार्टिले टिकट दिएको खण्डमा जितका प्रसस्तै आधारहरु रहेको पाईछ । मालारानी गाउपालिकाको शिक्षा, स्वास्थ्य, पुर्वधार विकास, सडक सञ्जाल, विद्युत, खानेपानि, पर्यटन लगाएतका क्षेत्रमा राम्रो काम गर्न सफल भएकाले देशभरका पालिकामध्य उत्कृष्ट सातमा पर्न सफल भएको थियोे । त्यसकारण पनि शर्माले जित्ने अनुमान लगाउन सकिन्छ । त्यतिमात्र नभइ मालारानी गाउँपालिका बासीलेनै शर्मालाइ फेरी गाउँपालिकाको अध्यक्षमा देख्न चाहेको पाइन्छ ।

भिडियो हेर्न तलको लिङ्कमा जानुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation