उज्यालो पोष्ट, रुपन्देही ।
पाल्पा जिल्लाको तिनाउ गाउपालिका वडा नं. १ कचलमा गठवन्धनका तर्फवाट नेपाली कांग्रेसका हस्त बहादुर राष्कोटी सहित अन्य सदस्यहरुले मनोनयन दर्ता गरेका छन् । गाउपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपालि कांग्रेसलाई दिने सहमति भएपछि सो वडा, पालिका सहित अन्य सवै हिजो (सोमवार) मनोनयन दर्ता भएको हो ।
यस्तै वडा सदस्यहरुमा पुरुष तर्फ अमर वहादुर सुनारी मगर र सिताराम सोमरे, खुल्ला महिलातर्फ गोपी कुमारी घर्ती मगर र दलित महिलातर्फ गिता परियारले गठवन्धनका तर्फवाट मनोनयन दर्ता गरेका हुन् ।
यस अघि २०७४ को स्थानिय तहको निर्वाचनमा सो वडामा नेकपा एमालेले जित हासिल गरेको थियो तर यो ५ वर्ष कुनै प्रशंसा योग्य काम नभएको भन्दै त्यस क्षेत्रका युवाहरु आफै सामाजिक काममा, जनताको सेवा तथा विकास निमार्णको काममा लागीरहेकै कारण अहिले कचलमा गठवन्धनले जित्ने पक्का भएको छ ।
स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते हुदै छ ।