बेपत्ता क.पूर्ण पौडेलको सम्झनामा

साया किरण ।  कसैको अघि नझुक्ने कमरेड पूर्ण पौडेलले आफूलाई बेपत्ता योद्दाको कोटामा उभ्याउनु भयो । सामन्ती शासकहरुको अगाडी शिर ठाडो पारेर संर्घषको मैदानमा डट्नु भएका अखिल(क्रान्तिकारी)का तत्कालीन महासचिव कमरेड पूर्ण पौडेललाई सलाम ।

२०३१ साल कार्तिक ११ गते बुबा गंगाप्रसाद पौडेल र आमा मोतिमायाको कोखबाट जन्मिनु भएका क. पूर्ण पौडेल २०५२ सालमा अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्यका रुपमा निर्वाचित हुनु भएको थियो । २०५७ सालमा केन्द्रिय महासचिव र २०५८ सालको १५ औं राष्ट््िरय सम्मेलनबाट पनि महासचिवमै निर्वाचित हुनुभयो ।

२०५९ साल वैशाख १३ गतेका दिन लोकबहादुर चन्द नेतृत्वको ज्ञानेन्द्र शाहीको सरकारले उहाँलाई राजधानीबाट बेपत्ता पार्यो ।

क.ज्ञानप्रसाद(पूर्वाध्यक्ष), केन्द्रिय सदस्यहरु – रामबहादुर रायमाझी, सम्झना चौधरी, बैकुण्ठ पोख्रेल, कमल पुन लगायत विधार्थी नेताहरु – सुनिता सापकोटा, शरद अवस्थी, राममणी भट्टराई लगायत कयौं नेताकार्यकर्ताको निर्मम हत्या भयो भने पूर्ण पौडेल, विपिन भण्डारी, जानकी चौधरी, ज्ञानेन्द्र त्रिपाठी लगायत कयौं जुझारु योद्दाहरुलाई बेपत्ता पारियो ।

अब भने सहिद, बेपत्ता, घाइते योद्दाहरुको सपना साकार पार्न बलिदानको कोटा पुरा गर्नु परेतापनि तयार हुनुपर्ने वेला आएको छ । वैज्ञानिक समाजवादको ढोका खोल्न सच्चा कम्युनिष्टहरु एक ढिक्का हुन जरुरी छ । क्रान्तिको यात्रामा होमिएर सहिद, बेपत्ता, घाइते हुनु भएका कमरेडहरुको रगतलाई बेवास्ता गर्ने, उहाँहरुको परिवारतर्फ फर्केर पनि नहेर्ने यो दलाल संस्दिय व्यवस्थालाई पराजित गरेर हाम्रो लक्ष्य पुरा गर्नु छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation