हस्तलेखनमा रमाउदै रश्मी अधिकारी

फागुन ४, सैनामैना । जब कुनै बच्चाले सुन्दर अक्षर लेख्न सिक्छन्, उनीहरुमा लेख्ने हौसला थप बढ्न थाल्छ । यो एउटा गज्जब कला हो ।
हरेक बच्चाले असाध्यै राम्रो अक्षर लेख्न सक्छन् । सिकाउनुपर्ने कुरा के मात्र हो भने, अक्षर कुन विधिबाट लेख्दा राम्रो हुन्छ । हस्तलेखन शिक्षाको महत्वपूर्ण पक्ष हो । हस्तलेखन भाषिक कला पनि हो । एउटा कलाकारले जसरी गाउन, नाच्न, चित्र कोर्न कठोर साधना गर्छन् हस्तलेखन कलाको लागि पनि साधना र लगाव आवश्यक हुन्छ । विकसित मुलुकहरूको कुरा गर्ने हो भने पनि अधिकांश परीक्षा लिखित माध्यमबाट नै हुन्छ ।

कलिलो उमेरबाट नै बालबालिकालाई लेख्ने शैली सिकाइयो भने उनीहरूको हात त्यसमै बस्छ र अक्षर पनि राम्रो हुन्छ । बिगत ८ बर्ष देखि निरन्तर हस्तलेखन कला सिकाउदै आउनुभएकी रश्मी अधिकारी एतिबेला रुपन्देहीको सैनामैनामा ति कलिला बालवालिकालाई लेखनकला सिकाउदै आउनुभएको छ । उहाँका थुप्रै लेखनका अनुभव छन् । उहाँले यतिबेला लेखन सिप सम्बन्धि पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ ।

तिनै पुस्तकको सहायताले देशका विभिन्न जिल्लाहरुमा बिद्यार्थीहरुले लेखन शैली सुधारिरहेको उहाँको अनुभव छ । तिनै किताबहरुको प्रभावकै कारण उहाँलाई अहिले भ्याईनभ्याइ छ । प्रत्यक्ष रुपमै विद्यालयमा पुगी विद्यार्थीहरुलाई तालिम दिई लेखन कलालाई सुन्दर बनाउने उहाको अहिले दैनिकी जस्तै बनेको छ ।
विद्यार्थी भाईबहिनीहरुको हस्तलेखनलाई मध्यनजर गर्दै उहाँले यस वर्ष पनि हस्तलिखित ‘AARABHI’ पुस्तक प्रकाशनको तयारी गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation