बुटवलमा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकि श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल ११ टपमजुवामा मतदातालाई पैसा बांडेको आरोपमा प्रहरीले माया भट्टराईलाई पक्राउ गरेको हो । उनी अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा छिन् ।
आफू हार्ने डरले भोटसगँ पैसा साट्न खोजेको आरोप स्थानीयले लगाएका छन् । उनी सिर्जना भुसालको घरभित्र लुकेकी थिईन । बाहिरबाट ढोकामा चाबी लगाएर उनलाई भित्र लुकाईएपछि प्रहरीले ताला फोरेर हेर्दा उनलाई ढोकाको पछाडि लुकेको अवस्थामा फेला पारेको हो ।मौैन अवधिमा एमालेले मतदाता प्रभावित पार्न मतदातालाई प्रलोभनमा फसाउन खोजेको हो ।