चुनाबको पुर्वसन्ध्यामा सैनामैनामा सर्वदलिय बैठक,के–के निर्णय भए ?यो हेर्नुहोस्

English English Nepali Nepali

सुरेश परियार,

स्थानीय तहको चुनावको पुर्वसध्यामा सैनामैनामा सर्वदलीय बैठक सम्पन्न भएको छ ।चुनावलाई भयरहित वातवारणमा सम्पन्न गर्नका लागी सैनामैनाका क्रियाशिल राजनितिक दल,स्थानीय तहका प्रत्याशि,नेपाल प्रहरी,सशस्त्र प्रहरी र पत्रकार विच बैठक भएको हो ।बैठकले चुनाव सम्बन्धी विभिन्न निर्णय गरेको छ । बैठकले आज राति ८ बजे देखि लागु हुने गरि चुनाव नसकिदा सम्म कुनै पनि सवारी साधन प्रयोगमा रोक लगाएको छ । तर,सवारी साधनको अनुमति पत्र प्राप्त गरेको र अत्तिआवश्यक काम लागी भने सवारी चल्ने निर्णय भएको छ ।

यसैगरि,मौन अवधि लागु भएका कारण चुनावका दिन कुनै पनि पार्टि तथा स्वतन्त्र उम्मेद्धवारहरुले चुनाव चिन्ह वा समुहगत पहिचान खुल्ने कुनै प्रकारको बस्तु,पोशाक,मास्क लगायतका प्रतिबन्धित बस्तुहरु प्रयोग नगर्ने गरेमा सुरक्षा निकायद्धारा नियन्त्रणमालिइने,मृतक भएका,विदेश भएका नागरिकको मत सम्बन्धमा दुरुपयोग गर्ने प्रयास भएमा तत्काल नियन्त्रण गर्ने,मतदानस्थल भित्र मतदान अधिकृत सुरक्षा निकायको कमाण्ड बाहेकका अन्य कुनै पनि ब्यक्तिहरुले मोबाइल फोन प्रयोग गर्न नपाइने निर्णय भएको छ ।

यस्तै,समाचार सम्प्रेषणमा खटिने सञ्चारकर्मीले सुचना तथा संञ्चार विभाग वा नेपाल पत्रकार महासंघको आधिकारिक परिचयपत्र हुनुपर्ने र सवारी साधन प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र हुनुपर्ने अन्यथा अन्य पत्रकार भनिएकाहरुलाई रोक लगाइने छ ।निर्वाचनका लागी हाल सम्म भएका विवादहरुलाई राजनैतिक दलका प्रतिनिधीहरु विच छलफल गरि समाधान गर्ने र राजनैतिक दलका प्रतिनिधी र प्रहरी प्रशासनले सहजीकरण गर्ने र यस क्षेत्रका १३ वटा मतदान स्थल आसपास वा ३ सय मिटर मतदान स्थल भित्र कुनै पनि प्रकारका खाद्य सामाग्रीहरु वितरण नगर्ने र गरेको पाइए आवश्यक कार्वाहीका अघि बढाइने निर्णय भएको छ ।

बैशाख ३० गते अर्थात भोली हुने चुनावका लागी मौन अवधि लागुभएको र सो समयमा कुनै पनि प्रचारप्रसार र अनैतिक क्रियाकलाप नगर्न सुरक्षा प्रशासनले आग्रह गरेको छ । बैठकमा सैनामैना गठबन्धनका मेयर पदका प्रत्याशि फणिन्द्र प्रसाद शर्मा,नेकपा एमालेको तर्फबाट मेयर पदका प्रत्याशि चित्र बहादुर कार्की,राप्रपाका मेयर पदका उम्मेद्धवार मिन प्रसाद घिमिरे,सैनामैना गठबन्धनका उपमेयर पदका उम्मेद्धवार मान बहादुर महत्त,नेपाली कांग्रेसका सैनामैना नगरसभापति रण बहादुर नेकपा एमाले सैनामैनाका नगर अध्यक्ष चेतनारायण न्यौपाने,सशस्त्र प्रहरीका डिएसपी हिरा बहादुर बोहोरा,इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनी,पत्रकार सुरेश परियार लगायतको उपस्थितीमा बैठक भएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation