चार क्वारेन्टाईनमा निशुल्क ईन्टरनेट जडान गरिदै

कपिलवस्तु, २१ चैत
कोरोना भाईरसको संक्रमण हुन संभाव्य नागरिकलाई निगरानीका लागी राख्ने व्यवस्था गरिएको जिल्लाका चार वटा क्वारेन्टाईनमा निशुल्क ईन्टरनेट जडान गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ को रत्राज्य माबि र बुद्धपद्धम माबिमा निशुल्क ईन्टरनेट जडान कार्य सम्पन्न भएको छ । कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) कपिलवस्तु र तौलिहवा स्थित मार्स कम्प्युटरले सदरमुकामको तौलिहवाका दुई क्वारेन्टाईनमा आफनो लागतमा क्वारेन्टाईनमा बस्ने नागरिकलाई प्रबिधी सेवा दिन निशुल्क ईन्टरनेट जडान गरि फ्रि वाईफाई सेवा दिएको हो । हाल सम्म दुई क्वारेन्टाईनमा ईन्टरनेट जडान कार्य सम्पन्न भएको र कपिलवस्तु नगरपालिका २ को महेन्द्र आधारभुत बिद्यालय तथा मायादेवी १ को छत्रपाली तिर्थादेवी माबिमा नेट जडान गरिने जनाईएको छ । जडान गरिएको ईन्टरनेट तिन एमबिपीएस क्षमताको रहेको र क्वारेन्टाईन सञ्चालन अबधी सम्म निशुल्क ईन्टरनेट सेवा प्रवाह गरिने मार्स कम्प्युटरका सञ्चालक समेत रहेका कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) कपिलवस्तुका अध्यक्ष संदिप कुमार श्रीवास्तवले जानकारी दिए । “अन्य ईन्टरनेटको पँहुच नरहेका क्वारेन्टाईनमा समेत निशुल्क ईन्टरनेट सेवा प्रवाह गर्न तत्पर छौ ।” श्रीवास्तवले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation