नरेन्द्र मोदीले बुद्ध जयन्तीको अवसरमा नेपाल आएको खुसीयाली प्रकट गर्दै टिव्टरमा पोष्ट गरेका छन् । ‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु । भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन्’ भन्दै शुभकामना दिएका छन् ।