नेपाल र भारतबीच ६९५ मेगावाटको अरुण ४ बनाउने सम्झौतापत्रमा हस्ताक्षर

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संखुवासभास्थित अरूण नदीमा अरूण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न नेपाल र भारतबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच सोमबार अरुण ४ बनाउने सहमति भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। अरुण ४ को कुल क्षमता ६९५ मेगावाट छ।

 

अरुण ४ मा भारतको सतलजले ५१ प्रतिशत शेयर पाउने छ भने प्राधिकरणले ४९ प्रतिशत सेयर पाउनेछ।

अहिले सतलजसँग मिलेर नेपालले अरुण ३ निर्माण अगाडि बढाइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation