गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम कपिलवस्तुको वाणगंगा नगरपालिकामा सार्वजनिक भएको छ ।
लगातार ६ दिनको मतगणना पश्चात सार्वजनिक भएको मतपरिणाम अन्तर्गत नगर प्रमुखमा नेकपा ९एमाले०का उम्मेद्वार चक्र अर्याल निर्वाचित भएका छन् । ६ सय ३९ मतान्तरका साथ अर्यालले नेपाली कांग्रेसका उम्मेद्वार रविराज आचार्यलाई पराजित गरेका हुन् ।
विजयी अर्यालले १८ हजार ९ सय ९९ मत प्राप्त गरे भने, पराजित आचार्यले १८ हजार ३ सय ६० मत पाएर निकटतम प्रतिद्धिन्द्धीका रुपमा आए ।
नगर उपप्रमुखमा नेकपा ९एमाले० की रिता थारु ९ सय ३४ मतान्तरले आफ्नो निकटतम प्रतिद्धन्द्धी तारावती चौधरीलाई पराजित गरिन् । विजयी थारुले १९ हजार ३९९ मत पाउँदा चौधरीले १८ हजार ४६४ मत पाइन् ।
६१ हजार बढी मतदाता रहेको वाणगंगामा ४६ हजार १४७ मत खसेको थियो ।
११ वडा रहेको वाणगंगामा ०७४ सालमा जितेका कतिपय वडा एमालेले गुमाउन पुगेको छ भने कतिपय वडा खोस्न सफल भएको छ । वडा नं। १०, वडा नं। ४ वडा कांग्रेसबाट फिर्ता ल्याउन सफल भए पनि एमालेको राम्रो जनमत रहेको वडा नं। ६ गुमाउन पुग्यो । गएको चुनावमा एमालेले वडा नं। ५ जितेको वडा कांग्रेसले फिर्ता लग्यो ।
कांग्रेसले पनि गएको चुनावमा आफुले जितेको वडा नं। १० र वडा नं। ४ गुमाउदै गर्दा वडा नं। ५, वडा नं। ११ र वडा नं। ६ फिर्ता ल्यायो ।
माओवादीले जितेको वडा नं। ११ अहिलेको निर्वाचनमा गुमायो भने, वडा नं। ३ जस्तो एमालेको राम्रो जनमत भएको वडा आफ्नो कब्जामा ल्यायो ।
यी हुन् निर्वाचित वडा अध्यक्षहरु
वडा नं। १ – सन्जु कुमार सारु मगर – नेपाली कांग्रेस ९प्राप्त मत १७५६०
वडा नं। २ – बिष्णु पौडेल – नेकपा ९एमाले० ९ प्राप्त मत २५४८०
वडा नं। ३ – टेक बहादुर झेँडी मगर – नेकपा ९माओवादी केन्द्र० ९प्राप्त मत १२५२०
वडा नं। ४ – छवि रेश्मी मगर – नेकपा ९एमाले० ९प्राप्त मत १९२४०
वडा नं। ५ – दुनिका प्रसाद भुसाल – नेपाली कांग्रेस ९प्राप्त मत १७५३०
वडा नं। ६ – करुण टण्डन – नेपाली कांग्रेस ९प्राप्त मत १२६२०
वडा नं। ७ – बिष्णु गिरी – नेकपा ९एमाले० ९प्राप्त मत १५२८०
वडा नं। ८ – बाबुराम अर्याल – नेकपा ९एमाले० ९प्राप्त मत २६६४०
वडा नं। ९ – कमल पौडेल नेकपा – ९एमाले० ९प्राप्त मत १७६४०
वडा नं। १० – यम प्रसाद पोख्रेल – नेकपा ९एमाले० ९प्राप्त मत २०७८०
वडा नं। ११ – नरेन्द्र प्रसाद थारु – नेपाली कांग्रेस ९प्राप्त मत १८३३०