नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला समितिको आयोजनामा रुपन्देहीमा निर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान तथा बधाई गरेको छ। रुपन्देहीको सैनामैनामा अवस्थित त्रिमुर्ति होटेल तथा रिसोर्टमा ३६ जान जनप्रतिनिधिहरु लाई सम्मान गरिएको थियो ।
यसैगरी रुपन्देहीमा रहेका बुटवल महानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका ,देवदह नगरपालिका , सम्मरीमाई गाउपलिका, कञ्चन गाउपलिका, गैडहवा गाउँपालिका गरि निर्वाचित जनप्रतिनिधि उपाध्यक्ष , वडाध्यक्ष र सदस्यहरु लाई सम्मान गरिएको थियो। यसैगरी मन्त्रालयमा चयन भएका वामदेव क्षेत्री र मुख्यमन्त्रीका स्वकीय सचीव सुदिप बिक , बार एसोसिएसन ,कोभिड ब्यवस्थापनमा खटिने र खानेपानी समितिमा निर्बाचित हुने नेता कार्यकार्ताहरु लाई समेत सम्मान गरिएको थियो ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री चक्रपाणी खनाल (बलदेव)ले पार्टीमा भएको गल्ती कमजोरीलाई सचाएर पार्टी अघि बढ्ने बताएका छ्न । रुपन्देहीमा भएको कमजोरीलाई अझै यहाँ बसिएको हलबाट पार्टी लाई सच्चएर जानू पर्न समेत बताए । जसपालाई केही दिनमा पार्टी फुटाउन डा भट्टराई लागि परेको समेत बताए । हामिलाई बम हान्न हिडेका कमरेडहरु क्रान्ति भन्दा भन्दा बल्ल माओबादी केन्द्र सङ मिलेर एउटा वडा जितेर समिति भएको उल्लेख गरे । उहाले माओबादीको कार्यनिति र हामीले ल्याएको ब्यवस्था बचाउन भए पनि चुनाबि गठबन्धन गरिएको बताय ।
- जसमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई दिदै तपाईंले बोकेर हिडेको एजेन्डा लागू गरेर लाग्न समेत आग्रह गरे । यसैगरी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्श बराल र सबिधान सभा सदस्य सोनिया यादव लुम्बिनी प्रदेश माननीय दिपा बिक लगायतका नेताले कार्यक्रममा सम्बोधन गरेका थिए भने संचालन तथा अध्यक्षता नेकपा माओबादी केन्द्र रुपन्देही का अध्यक्ष निर्मल जिसिले गर्नुभको थियो ।