राहतमा जुट्दै दुधराक्ष क्लब,कपास उधोगलाई आर्थिक सहयोग

  • सुरेश परियार,जेठ २८ गते
    रुपन्देहीको सैनामैना -६,कलौनीमा रहेको दुधराक्ष युवा क्लब आपतबिपत् परेको बेला उद्धार र राहतमा जुट्दै अघि बढेकाे छ। क्लबले आज एक कार्यक्रमको बिच राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।शुक्रबार सैनामैना वडा न.७मा रहेको शिव भवानी कपास उधोगमा आगोलागी हुँदा ८६ लाख भन्दा बढी क्षेति भएको भन्दै दुधराक्ष युवा क्लबले राहत स्वरुप आर्थिक सहयोग गरेको हो । क्लबका अध्यक्ष किरण पोख्रेल,निबर्तमान अध्यक्ष बिष्णु पाण्डेले कपास उधोगका सन्चालक जगन्नाथ भण्डारीलाई रु १० हजार हस्तान्तरण गरेका हुन् । सो अबसर पारेर क्लबका टिमले कपास उधोगमा सरसफाई समेत गरेका थिए ।
    सो कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष किरण पोख्रेलले क्लबले राहत स्वरुप आर्थिक सहयोग गरेको बताउँदै आपत परेको बेला सामाजिक सस्थाले सहयोग गर्नु पर्नेमा जोड दिएका छ्न । लामो समय देखि रोजगार प्रदान गर्दै आएको सेवा प्रदायक उधोगमा बिपत आईपरेको प्रति दुख ब्यक्त गर्दै अध्यक्ष पोख्रेलले आगामी दिनमा समेत क्लब सामाजिक काममा सधै कटिबद्व रहने जिकिर गरे ।
    त्यस्तै,कार्यक्रममा क्लबका निबर्तमान अध्यक्ष बिष्णु पाण्डेले ब्यक्तिगत रुपमा कपास उधोगलाई रु.५ हजार सहयोग गर्दै विभिन्न सामाजिक सस्था बिपतको बेला उद्धार र राहतमा जुट्न आग्रह गरे ।राहत कार्यक्रमको सन्चालन भने क्लबका सचिब पदम पाण्डेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation