लघुवित्तिय संस्था विरुद्ध विरोध प्रदर्शन

हरि घिमिरे, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा लघुवित्तिय संस्थाहरु विरुद्ध विरोध प्रदर्शन गरिएको छ । बाँचौ, बचाऔँ र अघि बढौँ लघुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुद्धमा एकजुट हौँ भन्ने मुला नाराका साथ आईतवार प्रथम भेला तथा विरोध प्रदर्शन गरिएको हो । लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समिति कपिलवस्तुको आयोजनामा आज बाणगंगा १ बुङ्ची देखी सुरु भएको नारा जुलुस सहितको कार्यक्रम बैरीयाको एक रिसोर्टमा पुगी कोणसभामा परीणत भएको थियो ।

कोण सभामा विपन्नको नाममा सोषण भएको गुनासो पिडितहरुले गरेका छन् । उनिहरुले लघुवित्तका कर्मचारीहरुले रातको समयमा आएर धम्की दिँदा आफूहरु असुरक्षित भएको गुनासो राखे । केहि पिडितलेत ऋण भुक्तानि गर्न धम्की दिदौं बालबालिका अपहरण गरेको समेत आरोप लगाए । एकातिर लघुवित्तिय संस्थाहरुको डर,त्रास छ अर्कातर्फ मिटर ब्याजिले देखाउने हर्कतले आफुहरु अशुरक्षित भएको उनिहरुको भनाई छ ।

समितिका जिल्ला अध्यक्ष राजन थापाको अध्यक्षता, समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीको प्रमुख आतिथ्यता, समितिका केन्द्रीय उपाध्यक्ष फक्त बहादुर पुन, महासचिव प्रेम वि।क लगायतको आतिथ्यतामा सम्मपन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अब घुबित्तिय संसथाहरुको ज्यादति विरुद्ध आफुहरु एकजुट भएर लाग्ने प्रतिबद्धता समेत ब्याक्त गरेका थिए ।

नवसामन्तीको रुपमा लघुबित्तिय संस्थाहरु खारेज गर, लगाइएको सामुकि रिण मिनाह गर, किसानलाइ निशुल्क रिण प्रदान गर, समाजवादी अर्थतन्त्रको विकास गर लगायतका माग गर्दै विरोध प्रदर्शन गरिएको थियो । समितिका सदस्य, पत्रकार, लगायत विभिन्न ब्याक्तिको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सञ्चालन गणेश परीयारले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation