सैनामैना नगरपालिकाले धान दिवस मनाइरहदा किसानका आखामा आशु

रमेश गैरे, सैनामैना । आज बुधवार असार १५ अर्थात् दही चिउरा खाने दिन । सरकारले यो दिनलाई धान दिवसको रुपमा मनाउँदै आएको छ । धान दिवसकै अवसरमा देशका विभिन्न स्थानमा जस्तै रुपन्देहीको सैनामैनामा पनि रोपाई महोत्सव आयोजना गरेर धान उत्पादनमा बृद्धि गर्न किसानलाई प्रोत्साहन गर्ने प्रयास गरिएको छ ।
सैनामैना नगरपालिकाले आयोजना गरेको धान दिवस अर्थात रोपाई महोत्सवमा बुधबार विहानै सैनामैना ६ बैकुण्ठपुरमा बेग्लै रौनक थियो । नगरका प्रमुख फणेन्द्रप्रसाद शर्मादेखि स्थानीय किसानसम्म सवै रोपाईमा सहभागी थिए । मौसमले पनि रोपाई महोत्सवलाई साथ दिएको थियो । विहानैदेखि परेको पानीले मौसम सितल बनेको थियो । नगर प्रमुख शर्मा रोपाई महोत्सवलाई दही चिउरा खाने दिनका रुपमा मनाउने परम्परा पहिलेदेखि कायमै रहेको बताउँदै युवा पुस्तालाई संस्कृति संरक्षणका लागि पनि यो दिवसको जगेर्ना गर्नुपर्ने बताउनु भयो ।
तर गत मंसिरको महिना लहलह धान फल्दा किसान हर्सित थिय, त्यो हर्स भने क्षणभरमै आसुमा परिणत भयो । दशैको मुखमा बालि भित्रयाउने बेला हिउदे पानिले काटेर सुकायको धान डुवाइदियो । धान खेतमै उम्रियो एक मुठि धान किसानले भित्रयाउन पाएनन् । यता नगरपालिकाले भने राहत दिने भन्दै डाटा संकलन गर्यो र जनतालाई ढाट्यो । त्यो पिडा भुल्न नपाउदै फेरी असार पन्ध्र्र आइहाल्यो । आज फेरी उसैगरि असार पन्ध्र मनाउन तामझामका साथ कृषसाखा सैनामैनाले मेयर, उपमेयर, बडाअध्यक्ष सहित राजनितिक दलका प्रतिनिधि सहित धान रोपाइ गर्यो । गत बर्षको क्षतिको बिषयमा भने सबै मौन रहे आज फोटो खिचाउनकै लागि भएपनि धान रोपेर फेसबुक रङग्याइयो भन्दै धनमति चौधरीको आखामा आसु टिलपिल गरिरहयो । त्यहि पिडा खप्न नसकेर बिवेक कुवरको छोरा खाडि भसियो । स्यामलाल दाइले भैसि बेचेर धान किने, त्यहि रिन तिर्न बिदेश जानुपर्ने बाध्यता आइपरेको उनि वताउछन् ।
यता जनताका जनप्रतिधि भने यस बिषयमा मौन छन । कृषिमा बजेट यति छुट्यायौ र उति छुट्यायौ भन्दै गफ गरिरहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation