दिनेश पाण्डेको‘मेरी सानु’गित बजारमा

सुरेश परियार

दिनेश पाण्डेको मेरी सानु नामक आधुनिक गित सार्वजनिक भएको छ । रुपन्देहीको सैनामैना वडा न.७ बस्ने सफल युवाउद्यमी दिनेश पाण्डेको लगानी तथा अभिनयमा रहेको आधुनिक गितको सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले लोकापर्ण गर्दै आजदेखि सो गित युनिक मुभिजको युटुव च्यानलबाट बजारमा आएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले गितसंगितको क्षेत्रमा समेत सैनामैना अघि रहेको बताए । राष्ट्रियस्तरमा हुने गायन तथा नृत्य प्रतियोगितामा सैनामैनाबाट प्रतिनिधीत्व हुदै सैनामैनाको सान विश्वभर पुराउन सफल हुदै आएको बताउदै मेयर शर्माले नेपाल गितसंगितको विकास र संरक्षणमा सवैको चासो आवश्यक रहेको कुरा औँल्याए ।

सो गितमा म्यूजिक तथा स्वर राखेका चर्चित आधुनिक गायक सौगात सायरले दर्शक तथा स्रोताहरुको चाहाना अनुसार गित तय भएको बताएका छन् ।गित निर्माण गर्दै सहयोग गर्नेहरुलाई धन्यवाद प्रकट गर्दै गितसंगितको विकासमा सवै तह लाग्नुपर्नेमा जोड दिए । साथै,सायरले मेला महोत्सवका कारण पछिल्लो समय गितहरुको विकृति आइरहेको भन्दै ब्यावसायीक कलाकारहरुबाट निकालिएका गितहरु ओझेलमा परेको भन्दै दुख ब्यक्त गरे ।

कार्यक्रममा मेरी सानु नामक आधुनिक गितका गिताकार तथा निर्देशक ऋषिराम न्यौपानेले सवैको अथाक प्रयासबाट दर्शक,स्रोताको रोजाई अनुसार गित बनेको दाबी गरेका छन् । नेपाली गितसंगितमा विकृति र विसंगति आइरहेको भन्दै यि यस्ता गितहरु परिवारमा बसेर हेर्ने लायक नभएको न्यौपानेले बताए ।नेपाली संगित क्षेत्रको श्रीबृद्धिका लागी चासो देखाउनुपर्ने कुरा औँल्याउदै कलाकार बन्न निश्चत मापदण्ड हुनुपर्ने बताए ।

नेपाली गितसंगितमा अभिरुचि राख्ने भएकै कारण मेरी सानु एल्बम बनाउन सफल भएको निर्माता तथा मोडेल दिनेश पाण्डेले बताएका छन् । चर्चित गितकार तथा गायकार संग साझेदारी गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गर्दै निरन्तर गितसंगितलाई निरन्तरता दिने अटोट समेत पाण्डेले लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation