बहुमत निकट अखिल (क्रान्तिकारी)द्वारा कपिलवस्तुका सबै क्याम्पसमा तालाबन्दी

उज्यालो पोष्ट, रुपन्देही ।

नेकपा( बहुमत) निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तु जिल्लाका सबै सामुदायिक क्याम्पसहरूमा आज एकैदिन तालाबन्दी गरेकाे छ ।

पब्लिक क्याम्पस संघ, कपिलवस्तुले दुई हप्ता अघि कपिलवस्तुका पब्लिक क्याम्पसहरूले लिदैँ आएकाे मासिक शुल्क रू. ९७५/- प्रतिमहिनाबाट वृद्धि गरेर रू.१५००/- पूर्याएकाे थियोे । यसकाे बिराेधमा अखिल (क्रान्तिकारी)ले वक्तव्य देखि चरणबद्ध संघर्ष गर्दै आएकाे थियाे ।
वृद्धि गरिएको शुल्क खारेज गर्न माग गर्दै लुम्बिनी प्रदेशका शिक्षा मन्त्री बसुद्दीन खाँलाई ज्ञापनपत्र पेश समेत गरेकाे थियाे । तर कुनै सुनुवाइ नभएपछि क्रान्तिकारीले आज सबै सामुदायिक क्याम्पसमा तालाबन्दी गर्नुपरेकाे अखिल (क्रान्तिकारी) कपिलवस्तु संयाेजक लक्ष्मी खनालले बताइन ।

यसबिचमा अखिल (क्रान्तिकारी)लाई कुनै जानकारी नै नगरि केही बिद्यार्थी संगठनहरूलाई सुटुक्क बाेलाइ विद्यार्थीकाे माग विपरीत सहमति गरेकाे प्रति बिद्यार्थीकाे व्यापक असन्तुष्टि रहेको बतायका छन् । बिद्यार्थीकाे माग सम्बाेधन नगरे थप सङ्घर्षमा जाने चेतावनीसमेत दिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation