कपिलबस्तमा गोली लागेका पासीको ज्यान गयो

कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी ५ मा अज्ञात समुहको गोली लागि घाईते भएका सोहि गाउँपालिका वडा नं. ६ मदरहवाका अन्दाजी ५५ बर्षीय घुरहु भनिने राम समुज पासीको ज्यान गएको जिल्ला अस्पताल कपिलवस्तुले जनाएको छ । वडा नं ५ स्थित महादेव गाउँको एक खाली घरमा उनलाई गोली लागेको हो ।

पासीको बायाँ खुट्टामा गाली लागी अत्याधिक रक्तश्रावका कारण ज्यान गएको जिल्ला अस्पताल कपिलवस्तुले जनाएको छ । गोली लागि घाईते पासीलाई उपचारका लागि अस्पताल लगिएसंगै जिल्ला अस्पताल कपिलवस्तुले मृत घोषणा गरेको हो ।

गोली कसले र के का लागि चल्लो भन्ने बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । मृतक पासी एक कृषक भएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation