जनसङ्गठन समन्वय संयन्त्रको प्रथम भेला सम्पन्न

अर्घाखाँची,११ भदौ।
नेकपा(एमाले) सम्बद्ध जनबर्गिय संगठन हरुको साझा मंच जनसङ्गठन समन्वय संयन्त्र अर्घाखाँचीको प्रथम भेला मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा(एमाले) जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालको प्रमुख आतिथ्यता नेकपा(एमाले) आवद्ध सबै जनबर्गिय संगठनका जिल्ला अध्यक्षहरु,पार्टी जिल्ला कमिटीका सम्बन्धित फाट इन्चार्ज तथा सह-इन्चार्ज हरुको सहभागिता रहेको थियो।कार्यक्रममा मन्तव्य राख्दै भुसालले पार्टी निर्माण र परिचालनमा जनसङ्गठनहरुको अहम् भुमिका रहने बताउनुभयो।उहाले अगाडि भन्नुभयो,”जनबर्गिय सङ्गठनमा कुनै न कुनै रुपमा आवद्ध ब्यक्ती पार्टी सदस्य हुने भएकोले सङ्गठनहरु सकृय रहनुपर्छ र कुनै न कुनै रुपमा समाजको तल्लो तहसम्म जोडिनु पर्छ।” कार्यक्रम पार्टी जिल्ला उपाध्यक्ष इश्वरा पौडेल को अध्यक्षता एवं सचीव तोजबहादुर रायमाझी’बिधान’को संचालनमा सम्पन्न भएको थियो।
नेकपा(एमाले)को बिधान अनुसार जनबर्गिय सङ्गठनहरुबिच समन्वय गर्न एक संयन्त्र बनाउने ब्यवस्था छ।जसको लागि पार्टिले तोकेको ब्यक्तिहरु प्रमुख र उपप्रमुख रहनेगरी पार्टिका जनबर्गिय हसङ्गठनका इन्चार्ज,सह-इन्चार्ज तथा अध्यक्षहरु सदस्य रहने ब्यवस्था रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation