
बाणगंगा, ११ भाद्र ।
बाणगंगा नगरपालिका वडा न. २ मा वडा कार्यलयकै छेउमा फोहोर डम्पीङ्ग गरिएको छ । वडा कार्यलयको छेउमा तार जालि लगाएर फोहोर डम्पीङ्ग हुदाँ समेत वडा कार्यलयले कुनै चासो देखाएको छैन् । स्थानियले त्यस स्थानमा कवर्डहल तथा सभाहल वनाउन प्रस्ताव गरेपछि वडा कार्यलयले १० लाख बजेट विनियोजन गरेता पनि त्यता तर्फ चासो नदिएर सोहि स्थानमै फोहोर थुर्पान चासो दिएको आरोप लगाएका छन् । स्थानिय एक युवाका अनुसार वडा कार्यलय र बजारको विचमा थुप्रिएको फोहोरमा वडाको ध्यान नजानुले शंका पैदा भएको बताए । उनले भने “कतै युवाका प्रस्ताव समाप्त पार्न र छुट्याईएको बजेट अन्त कतै लैजान यस्तो भएको हो की ?” वडाले कतै आफै जाल रचेको त छैन ? ति युवाले बताए । स्थानियका अनुुसार त्यस स्थानमा कवर्डहल तथा सभाहल वनाउन नदिनका लागि वडा कार्यलय र सामुदायिक वनका पदाधिकारीहरुले एका एक फोहोर डम्पीङ्ग गराएको आरोप लगाएका छन् । बजार समितिको मातहतमा रहेको जग्गा करिब एक महिना अगाडि समितिले सामुदायीक बनलाई हस्तान्तरण गरेको थियो । बजार विचमै थुपारेर राखिएको फोहोरले स्थानिय आक्रोसित छान् । नगरपालिकाको गाडि दैनिक त्यस स्थानमा पुगेता पनि फोहोरलाई पिपरा महिला कोठि समुदायिक वनको जग्गामा जालि लगाएर थुप्रो लगाईएको छ ।