नेपालमै पहिलो पटक बुटवल उपमहानगरपालिकामा उपबिजेताको कार्यकक्ष

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो पटक निर्वाचनमा प्रतिद्वन्द्वी उपबिजेताका लागि कार्यकक्षको व्यवस्था गरिएकोे छ । आफैसँग पराजय भएका उपबिजयतासँग पनि सहकार्य र सहमति गर्ने गरि उपमहानगर परिषर भित्रै कार्यकक्ष बनेको नेपालमा यो नै पहिलो हो । उपबिजयतासँगै पूर्वमेयरहरुका लागि पनि छुट्टै कार्यकक्ष स्थापना गरिएको छ ।

संविधानले स्थानीयतहमा विपक्षिको व्यवस्था नगरेको र लोकतन्त्रमा उपबिजयता र विपक्षिको महत्व हुने भएकाले बुटवलबाट उपबिजयताको कार्यकक्ष बनाउन शुरु गरिएको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बताए । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले कार्यकक्षको उद्घाटन गरेका छन् । उनले निर्वाचनकै बेला पूर्व मेयर र उपबिजयताका लागि कार्यकक्ष बनाउने घोषणा गरेका थिए ।

बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको उनले बताए । उनले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको पनि बताए ।

उनले सो कार्यकक्षको उपयोग गर्दै उपमहानगरको नेतृत्वलाई सल्लाह, सुझाव र कमजोरी समेत औंल्याइदिन उपबिजयता सहित पूर्वजनप्रतिनिधिहरुलाई आग्रह गरे ।

कार्यकक्षको स्थापना गरिएपनि उदघाटन कार्यक्रममा उपजिेता सहित पूर्व मेयरहरु अनुपस्थित थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation