सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँ २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीलाई प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको निर्वाचनमा एकल नाम सिफारिस गरिएको छ ।

सुनसरी काँग्रेसले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ डा. अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मिरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवालसहित नौ जनालाई सिफारिस गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation