चीनमा अब कोभिडविरुद्धको खोप सुँघेर लगाइने प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १३:३०

विश्वभर कोरोना भाइरस फैलिएपछि खोप उत्पादनमा सफलता प्राप्त गरेको चीनले नाकमा सुँघेर दिइने कोभिडविरुद्धको खोप बनाएको छ । उसले बनाएको उक्त खोपलाई मान्यता प्राप्त भएको छ । सुँघेर दिइने खोपको मान्यता पाउने चीन पहिलो राष्ट्र बनेको छ ।

चीनकै क्यानसाइनो कम्पनीले कोनभिडेसिया एयर खोपको उत्पादन गरेको हो । उक्त खोपले हाम्रो शरीरलाई कोभिडसँग लड्न सिकाउने जेनेटिक कोडको रूपमा एडेनो भाइरसको प्रयोग गरिएको बताइएको छ। कोनभिडेसिया एयर खोपलाई बाफ लिएझैँ सुँघेपछि त्यसले कोभिडबाट बच्न सकिने कम्पनीको दाबी छ ।

द नेसनल मेडिकल प्रोडक्टस एडमिनिस्ट्रेसन अफ चाइनाले क्यान साइनो कम्पनीले उत्पादन गरेको खोपलाई बुस्टर खोपको रूपमा प्रयोग गर्ने अनुमति दिएको हो । सुईबाट खोप लगाएकाहरूलाई यसले थप सुरक्षा प्रदान गर्ने परीक्षणबाट प्रमाणित भएको छ ।

वैज्ञानिकहरूले सुँघेर लिइने यस्ता खोपले शरीरमा कोभिड भाइरस प्रवेश गर्ने नाक र माथिल्लो श्वास नलीमा थप प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने विश्वास लिएका छन् ।

#कोभिडविरुद्ध
#खोप

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation