समाजवादीद्धारा मृतक परिवारलाई राहत उपलब्ध गराउना माग

अनिल कुमार माली

कपिलवस्तु । २७ चैत्र

   समाजवादी पार्टी कपिलवस्तुले २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जलैयाका गोर्वधन भरलाई राहत उपलब्ध गराउना माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवले प्राधानमन्त्री तथा मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यलय कपिलवस्तु मर्फत राहत उपलब्ध गराउना ज्ञापन पत्र दिएका छन ।

कोरोना भाइरस को शंकामा कपिलवस्तु अस्पतालमा सोमवार मृत्यु भाएका बिजयनगर गाउपलिका वार्ड नं. २ जलैयाका गोबर्धन भर को परिवार लाई राहत उपलब्ध गराउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । रुपन्देहीको सैनामैना नगरपलिकाका कोरोना भाईरस को शंकामा बाबुराम थापा को मृत्यु भएको राहत स्वारुप ८ लाख छोराछोरी लाई निशुल्क उच्च शिक्षा र श्रीमती लाई योग्यता अनुसार को जागिरको लागि सहमति भए पनि एउटै प्रकृतिकका घाटना रहेको कपिलवस्तुका भरलाई पनि सोही सरह राहत उपलब्ध गराउना माग गरिएको अध्यक्ष यादवले बताएका छन । 

भरको परिवार लाई पनि राहत दिनु पर्ने माग गर्दै एउटै राज्य मा दुई वटा कानुन कसरी भन्दै रात उपलब्ध गराउना माग गरिएको छ । जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव को नेतृत्व मा प्रदेश सभा सदस्य सहसराम यादव ,समाजवादी पार्टीको प्रदेश मुख्य सचिव अब्दुल रशिद खान सहित को टोली प्रमुख जिल्ला अधिकारी दिर्घ नरायण पौडेललाई ज्ञापन बुझाएको छ । ज्ञापन पत्र बुझदै प्रजिअ पौडेलले आफु सम्बन्धित निकायमा पठाउने प्रतिबद्धाता जनाउनु भएको थियो ।

यता मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकोले मधेश मानव अधिकार गृह महुरी होमले १० हजार र विजयनगर गाउँपालिकाले २० हजार कृयाक्रमको लागि उपलब्ध गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation