सन्दीपले भदौ ६ गते मध्यरात नावालिकामाथि “करणी” गरेको होटल पत्ता लगायो प्रहरीले

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका करणी गरेको आरोपको विस्तृत विवरण प्राप्त भएको छ । हाल वेष्ट इण्डिजमा रहेका लामिछानेले भदौ ६ गते १७ वर्षकी बहिनीलाई करणी गरेको भनी दिदीले प्रहरीमा उजुरी दिएकी छन् ।

उजुरी दिने दिदीलाई गौशाला २६ (छ) ०७९/०८० र बलात्कृत भएकी बहिनीलाई प्रहरीले गौशाला (२६) छ को साँकेतिक (१) नाम दिएको छ । उजुरीमा स्याङ्जा आरुचौर गाउँपालिका स्थायी वतन भई हाल काठमाडौंको बूढानीलकण्ठ न.पा. बस्ने अन्दाजी ५ फुट ७ इञ्च उचाई,गहुँगोरो, पातलो वर्णको नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले भदौ ५ गते काठमाण्डौ र भक्तपुरको विभिन्न स्थानमा लगी रातको अन्दाजी ११ बजेर ५५ मीनेट जाँदा तिलगंगास्थित एक होटलको कोठा नम्बर ३०५ मा पुर्याई रातको अन्दाजी १२ बजेर २५ मीनेट जाँदा पटक पटक जबर्जस्ती करणी गरेको व्यहोरा उल्लेख छ ।

त्यसपछि प्रहरीले पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा पुर्याएर विस्तृत स्वास्थ्य परीक्षण गराएको बताइएको छ । परीक्षणबाट बलात्कार पुष्टि भएकाले प्रहरीले थप अनुसन्धान थालेको छ । लामिछाने नेपाल फर्केलगत्तै पक्राउ गरिने तयारी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation