श्री दुर्गा भवानि माध्यामिक विध्यालयमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

सैनामैनाको रानिबगियास्थित श्री दुर्गा भवानि माध्यामिक विध्यालयले आज बुधवार स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले ११ कक्षाका विद्यार्थीको स्वागत र १२ कक्षाका विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको हो ।
श्री दुर्गा भवानि माध्यामिक विध्यालयका अध्यक्ष चिन्तामणि भुषाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रम रानिबगिया स्थीत बिध्यालयको आफ्नै प्राङगणमा गरिएको थियो ।


कार्यक्रममा स्कुलका प्रधानध्यापक तुलसिराम शर्माले स्कुलले भविष्यमा व्यावहारिक विधिमा आधारित भएर शिक्षण विधि अपनाउने बताए । बिध्यालय टिम दुर्गा भवानि स्कुल बनाउन लागिपरेको उनको भनाइ छ ।
प्रमुख अतिथि भुषालले नेपालको शिक्षाक्षेत्रको विकासमा यसक्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले भने, प्रमाणपत्रलाई बाकसमा बन्द गरेर खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यात्मक अवस्था नेपाली विद्यार्थीहरूले भोग्नुपरिरहेको र अब यसको विकल्प खोज्नुपर्ने बेला आएको छ भन्दै प्रबिधि मैत्रि शिक्षा हुनुपर्ने बताए ।


कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरूसमेत प्रस्तुत गरेका थिए भने विभिन्न व्यक्तित्वलाई विशेष सम्मान, विद्यार्थी सम्मान लगायत बिभिन्न कला संस्कृति प्रस्तुत गरियको थियो । भने कार्यक्रमको अध्यक्षता गणेश खनाल र संचालन कोपिला चालिसेले गर्नुभयको थियो । ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation