दैनिक ३ हजारभन्दा धेरै युवा कामको खोजीमा विदेशिँदै, मलेसिया जाने धेरै

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ।
अहिले दैनिक २५ सयदेखि ३२ सय जना हाराहारी युवाले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलको तथ्यांक छ।
ताहाचल कार्यालय प्रमुख रमेश अर्यालले भने, ुपछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाको संख्या अत्यधिक बढेको छ। यसमा पनि मलेसिया जानेहरू धेरै छन्।ु
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०७८ भदौमा २४ हजार युवा नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए। पुनः सहित ३६ हजारले स्वीकृति लिएको देखिन्छ।
यो भदौ २१ गतेसम्म ४९ हजार ९२७ जनाले श्रम स्वीकृति लिइसकेका छन्। जसमध्ये मलेसियाका लागि २३ हजार ६३३ जनाले स्वीकृति लिएका छन्।
कतारका लागि सात हजार ९७०, युएईका लागि पाँच हजार ४९८, साउदीका लागि चार हजार ७०, कुवेतका लागि दुई हजार ९१५ र अन्य मुलुक गरेर जम्मा ४९ हजार ९२७ जनाले श्रम स्वीकृति लिएका हुन्। यो संख्या भदौ अन्तिमसम्म निकै बढ्ने देखिन्छ।
साउनमा पनि ६३ हजार ४२ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ। जसमध्ये मलेसियाका लागि २४ हजार ४८४, कतारका लागि १२ हजार ५७० जनाले लिएका थिए। त्यस्तै युएईका लागि ८ हजार १४०, साउदीका लागि ६ हजार ७०५, कुवेतका लागि चार हजार २८४ जना र बाँकीले युरोप लगायत अन्य मुलुकका लागि श्रम स्वीकृति लिएका थिए।
२०७८ साउनभन्दा यो साउनमा कामको खोजीमा विदेशिनेको संख्या झन्डै तेब्बरले बढेको छ। गत वर्ष साउनमा २५ हजार हाराहारीले मात्रै नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएका थिए।
वैदेशिक रोजगारमा जानेको संख्या १४ वर्षयताकै उच्च
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जानेको संख्या १४ वर्षयताकै उच्च देखिएको छ।
आर्थिक वर्ष २०६५र६६ मा दुई लाख १९ हजार ९६५ जना गएका थिए। २०६६र६७ मा दुई लाख ९४ हजार ९४ जना, २०६७र६८ मा तीन लाख ५४ हजार ७१६ जना र २०६८र६९ मा तीन लाख ८४ हजार ६६५ जना विदेशिएका थिए।
आर्थिक वर्ष २०६९र७० मा यो संख्या बढेर चार लाख ५० हजार ८८९ पुगेको थियो। २०७०र७१ मा पाँच लाख २७ हजार ८१४ विदेशिएको तथ्यांकले देखाउँछ।
२०७१र७२ मा भने यो संख्या केही घटेको थियो। उक्त वर्ष चार लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिए।
त्यसपछि भूकम्पका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो। आर्थिक वर्ष २०७२र७३ मा चार लाख तीन हजार १७४ जना, २०७३र७४ मा तीन लाख ८३ हजार ४९३ र २०७४र७५ तीन लाख ५४ हजार ८२ जना विदेशिएका थिए।
आर्थिक वर्ष २०७५र७६ संख्या अझ घट्न थालेको देखिन्छ। उक्त वर्ष दुई लाख ३६ हजार २०८ जना कामको खोजीमा विदेश पुगेको देखिन्छ।
२०७६र७७ कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या अझै धेरै घट्यो। उक्त वर्ष एक लाख ९० हजार ४५३ जना कामको खोजीमा विदेशिए। २०७७र७८ कोभिडको प्रभाव अझ देखियो। उक्त वर्ष ७२ हजार ८१ जना मात्रै गए।
२०७८र७९ मा कोभिड महामारीको अवस्था केही सामान्य बन्दै गएपछि भने विदेश जानेको संख्या अत्यधिक देखिएको छ। गत आर्थिक वर्षमा ६ लाख ३० हजार ९७ युवा कामको खोजीमा विदेशिएको देखिन्छ।
कोभिडका कारण लामो समय वैदेशिक रोजगार अस्तव्यस्त हुनु तथा देशमा रोजगारीका अवसर खुम्चिनुले संख्या बढेको ताहाचल कार्यालय प्रमुख अर्यालको भनाइ छ।
ुकोभिडका कारण करिब दुई वर्ष त कतिपय गन्तव्य मुलुकमा बन्देज नै लगाइयो। त्यसमाथि देशमा रोजगारीका अवसर पर्याप्त भएन। यसले गर्दा पनि वैदेशिक रोजगारीमा आकर्षण देखियो,ु उनले भने।
नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाले पनि कोभिडपछि लामो समय आप्रवासी श्रमिक प्रवेशमा रोक लगायो। जसले गर्दा गत वर्ष नेपाली युवाहरू साउदी पुगेका थिए। मलेसियाले २०७८ फागुनदेखि बल्ल श्रमिकका लागि बाटो खुला गर्‍यो। योसँगै नेपाली युवाहरूको ध्यान मलेसियातर्फ तानिएको छ।
ुअघिल्लो वर्ष धेरै युवाहरू साउदी गएका थिए। तर फागुनदेखि मलेसिया जाने धेरै छन्,ु प्रमुख अर्यालले भने।
म्यानपावर व्यवसायीहरू पनि साउदी पुगेका युवा मलेसिया जान फर्किरहेको बताउँछन्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका सल्लाहकार एवं लक्की एचआर सोलुसन प्रालिका सञ्चालक ऋषि शर्मा मलेसियाले आधारभूत पारिश्रमिक वृद्धि गरेसँगै युवाको ध्यान त्यतातर्फ तानिएको बताउँछन्।
ुमलेसियाले तलब बढाएर १५ सय रिंगेट बनायो। साउदीमा एक हजार रियाल छ,ु शर्माले भने, ुयसले गर्दा पनि मलेसियातर्फ आकर्षण बढेको छ।ु
मलेसिया सरकारले श्रमिकको आधारभूत तलब वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट ९४२ हजारभन्दा बढी नेपाली रूपैयाँ० पुर्‍याएको छ।
योसँगै नेपाल(मलेसियाबीच भएको श्रम समझदारीबमोजिम बायोमेट्रिक स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने व्यवस्था कार्यान्वयनमा आएको छ।
यी आकर्षणकै कारण पछिल्लो समय साउदी गएका युवा फर्किएर मलेसिया गइरहेको म्यानपावर व्यवसायीहरू बताउँछन्।
ुसाउदीमा जेलमा बसेजस्तो बाँधिएर बस्नुपर्छ। अलि खुला पनि छैन। त्यसमाथि तलब थोरै छ। मलेसियामा खान, पिउन, रमाइलो गर्न खुला छ। तलब पनि राम्रो। अनि मलेसियामा सबैको ध्यान त जाने नै भयो,ु नाम नखुलाउने शर्तमा एक म्यानपावर व्यवसायीले भने।
साउदीले प्रत्यक्ष कम्पनीसँगै सप्लायर्स कम्पनीमा पनि युवाहरू लैजान्छ। म्यानपावर व्यवसायीका अनुसार प्रत्यक्ष कम्पनीमा जाँदा तुरून्तै काम पाइन्छ। सप्लायर्स कम्पनीमा जाँदा कहिलेकाहीँ दुईरतीन महिनासम्म काम नपाउने हुन्छ।
ुत्यसो हुँदा भनेको काम पाइनँ, मलाई फर्काइदेऊ भन्दै बहाना बनाएर फर्किनेको संख्या पनि बढेको छ,ु ती व्यवसायीले भने।
प्रकाशित मितिस् बिहीबार, भदौ २३, २०७९,
प्रतिक्रिया दिनुहोस्
थप
बजार अर्थतन्त्र
नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर ९सूचनासहित०
दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने
अझ धेरै नेपाली श्रमिक लैजाने मलेसियाको प्रतिबद्धता
नर्सलगायत स्वास्थ्यकर्मी शून्य लागतमा बेलायत जान पाउने, प्रक्रिया चाँडै सुरू हुँदै
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती नियुक्त

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation