
सयौँ मुसा खाएर बिरालो काशीयात्रा गर्छ भन्ने उखान नै छ । जो दुई–दुई चोटि संविधान मिचेर राजनीतिक अस्थिरताको नायक बन्यो, ऊ नै संविधानको वाकाथानमा, कति हाँस्नु रु जसलाई शत्रु भनी किटिएको छ, उनैको दिनभरि भजनकीर्तन, हरे तिनको ज्ञान १
यतिखेर देश, राष्ट्रियता, लोकतन्त्र र संविधान हार्न दिन नहुने भन्ने चेत कताबाट पलाएछ रु फण्ड रेजिङ गरिने वाकाथान भोट बेगिङ भएको कसले नबुझेको हो र रु यो काइदालाई पनि मान्नैपर्छ बा १ आफू पार्टी पद्धति नमान्ने र कम्युनिष्ट व्यवहार नगर्ने, अनि अरूले खान दिएनन् भन्दै संसद् विघटन गरेर जग हँसाउने १ अब फेरि तिनलाई नै बहुमत चाहियो रु बालेन्द्रले उधिनेको टुकुचामा तिनका गोबरे मगज चोबल्न मङ्सिर ४ पनि किन छिटो आउँदैन हँ रु सिङ्गल सिङ्गल भिड्न दिएको च्यालेञ्जले गठबन्धन टुट्छ भन्ने ठान्दा हुन् यस देशका ‘महान् राजनेता’ ।
राष्ट्रियतालाई नयाँ दिल्ली र वासिङ्गटन डिसीमा बन्धकी राखेर राष्ट्रवादीको जप जप्न पनि कसरी सकेको होला रु अनि तिनको लोकतन्त्र ओम्नी, यतीवालाले खाएको नेपाली जनताले नदेखेको हो र रु बिरालाको जात मुसा खाने मात्र हैन, घरका ताता चुलामा बसेर ‘यी मान्छे चाँडै मर्दा हुन् त यो न्यानामा बसिरहन पाइन्थ्यो” भन्ने स्वभाव पनि हुन्छ भन्छन् । अरू पार्टी छिन्नभिन्न भए चुनावमा एकलौटी गर्न पाइन्थ्यो कि भन्ने सोच पनि संसद् मार्नेहरूमा पक्कै छ । आज बिरालाका कथा धेरै नहालौँ, यिनलाई सम्झाउने बुझाउने गर्ने हो भने त मुसालाई कसरी खेलाएर खान सकिन्छ भन्ने जुक्ति थाहा पाउलान् । बिरालो घरका लुगा काट्ने–बिगार्ने धानचरी खाने गुनी जात पनि हो, अहिलेलाई धेरै नबिच्क्याऔँ क्यारे १