रूसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

रूसमा सोमबार एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए।
त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
बन्दुकधारीले आफूलाई पनि गोली हानेर मारेका छन्। बन्दुकधारीको मृत्यु भइसकेकाले उनले गोली चलाउनुको कारण खुलेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation