के क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लाग्छ?

दसैं नजिँकिदै गर्दा भक्तपुरमा सुवास न्यौपानेले गत शुक्रबार दिनभरि गरेको किनमेलको भुक्तानी क्युआर कोडबाट गरे। कुनै कपडा पसलमा यसरी गरेको भुक्तानीमा प्रति कारोबार १० रूपैयाँ शुल्क लागिरहेको थियो भने कुनैमा थिएन।
उनले सुनेसम्म क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लाग्दैन भन्ने थियो। त्यसैले किन शुल्क लागेको हो, उनले बुझेनन्।
खै किन हो, कुनै कारोबारमा १० रूपैयाँ थप काटिएको थियो। कुनैमा किनिएको सामानभन्दा केही बढी तिर्नुपरेको थिएन, सुवासले भने।
सम्बन्धित निकायहरूमा सोधपुछ गर्दा अहिलेसम्म क्युआर कोडबाट रकम भुक्तानी गर्दा शुल्क नलाग्ने रहेछ भन्ने बुझियो। तर कहिलेकाहीँ गरिएको भुक्तानीमा किन शुल्क लागिरहेको छ तरु
यसको कारण हो, हामीले प्रयोग गर्ने त्यस्ता क्युआर कोड व्यवसायी वा सेवा प्रदायक ९मर्चेन्ट० का लागि नभई त्यस्ता व्यवसाय गर्ने व्यवसायीको व्यक्तिगत खाताको आधारमा जारी भएको हुन्छ।
मर्चेन्टको नाममा बनेको क्युआरबाट रकम तिर्दा किनिएको वस्तुको मूल्यभन्दा थप शुल्क लाग्दैन। तर व्यक्तिगत खातामा जारी क्युआर फन्ड ट्रान्सफरका रूपमा जान्छ।
हाल व्यक्तिगत खातामा गरिने ट्रान्सफरमा प्रति कारोबार १० रूपैयाँ शुल्क लाग्ने गरेको छ। त्यसैले क्युआर भुक्तानी हो कि फन्ड ट्रान्सफर भएको हो भन्नेबारे ग्राहकले बुझ्नुपर्ने फोन(पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा बताउँछन्।
ुव्यक्तिगत खाताका लागि बनेका क्युआर कोड ग्राहकले स्क्यान गर्दा मोबाइल स्क्रिनमा फन्ड ट्रान्सफर भन्ने विकल्प देखाउँछ,ु सापकोटाले भने, ुत्यसैले ग्राहकले बुझ्नुपर्छ यो वास्तविक क्युआर भुक्तानी नभएर फन्ड ट्रान्सफर हो। यसमा शुल्क लाग्छ।ु
व्यापारीहरूले यसरी व्यक्तिगत खाताका लागि क्युआर जारी गर्ने प्रवृत्तिले एकातिर ग्राहकलाई शुल्क लाग्छ, अर्कातिर राजस्व छली हुने सम्भावना समेत रहने सापकोटा बताउँछन्।
ुव्यापारी सही छ र उसले आफ्नो कारोबारको हिसाबमा यसरी प्राप्त हुने रकमलाई पनि उल्लेख गरेको छ भने त समस्या हुँदैन,ु सापकोटाले भने, ुतर उसले कारोबारको हिसाबमा यस्तो रकम देखाएन भने कर छली हुने सम्भावना छ।ु
व्यक्तिगत रूपमा बैंकमा खाता खोल्दा सो खातामा पनि स्थायी लेखा नम्बर ९प्यान नम्बर० आबद्ध गरिएको हुन्छ। तर फन्ड ट्रान्सफरका रूपमा जाने यस्तो रकम कारोबारको हो भनेर पुष्टि गर्नै कठिन हुन्छ। त्यसैले भोलिका दिनमा त्यस्ता व्यापारीलाई नै समस्या भने हुनेछ।
हाल साना र सडक व्यापारीहरूलाई प्यानको विकल्पमा उनीहरूको आबद्धता रहेको व्यवसायी संस्थाहरूको सदस्य परिचयपत्रका आधारमा पनि खाता खोलिदिने गरिएको छ। उनीहरूलाई कारोबार सीमा दैनिक पाँच हजार रूपैयाँ मात्रै तोकिएको छ। तर पाँच हजारभन्दा बढी रकमको कारोबार गर्ने पसलले पनि व्यक्तिगत खातामा जाने गरेर क्युआर कोडमार्फत् नै भुक्तानी लिइरहेको देखिन्छ।
राष्ट्र बैंक भने व्यक्तिगत खातामा क्युआर कोड जारी गर्ने बैंकहरूले पनि यसमा ध्यान दिनुपर्ने बताउँछ।
ुहामीले मात्रै सबै कुराको निरीक्षण गर्न कठिन छ। यसमा बैंकहरूले पनि ध्यान दिनुपर्छ,ु राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभाग प्रमुख गुरु पौडेलले भने, ुसम्पत्ति शुद्धीकरण लगायतका विषयले यसमा समस्या आउन सक्छ। त्यसैले सबैले ध्यान दिनैपर्छ।ु
कर छलीका विषय पनि सम्पत्ति शुद्धीकरण अन्तर्गत आकर्षित हुन्छ।
त्यसो त राष्ट्र बैंकले यसरी व्यक्तिगत खातामा मोबाइल वालेटमार्फत् दैनिक पाँच लाख रूपैयाँसम्म मात्रै रकम ट्रान्सफर गर्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले इसेवा, खल्ती जस्ता डिजिटल वालेटका एजेन्टहरूलाई भने रकम हस्तान्तरणको यस्तो सीमा लगाएका छैन। तर कारोबार फन्ड ट्रान्सफरका रूपमा खातामा प्राप्ती गरिँदा सानोसानो परिमाणमै भए पनि कर चुहावट हुने सम्भावना रहन्छ।
पछिल्लो समय व्यवसायीहरूलाई व्यवसायकै लागि भनेर प्रदान गरिने क्युआर कोडबाट हुने कारोबारमा शुल्क लगाउनुपर्ने अवस्था आएको बताउन थालिएको छ। यसमा प्रयोग हुने प्रविधिको खर्च बेहोर्न संस्थाहरूलाई कठिन भइरहेको भन्दै शुल्क लगाउनुपर्ने बताउन थालेका हुन्। क्युआर भुक्तानीमा ९० प्रतिशत हाराहारी प्रयोग हुने फोन(पेले ढिलोचाँडो यसमा शुल्क लगाउनुपर्ने बताएको छ। यसमा राष्ट्र बैंक पनि सकारात्मक नै देखिन्छ।
ुहामीले बैंकहरूलाई विभिन्न सेवा शुल्कमा लगाम लगाएका छौं,ु राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ुतर ग्राहकले पनि सबै कुरा सित्तैमा आउँछ भन्ने ठान्नु भएन। अहिले नै पनि धेरै भुक्तानी सेवा प्रदायकहरू घाटामा चलिरहेका छन्। त्यसैले कुनै न कुनै दिन त यसको पनि शुल्क पर्छ नै।ु
अहिलेसम्म भने व्यवसायी वा सेवा प्रदायकलाई गर्ने क्युआर भुक्तानीमा शुल्क लाग्ने गरेको छैन।
हाल नेपालमा फोन(पे पेमेन्ट सर्भिस लिमिटेड, स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाल क्लियरिङ हाउसमार्फत् विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूले क्युआर कोडको सुविधा दिइरहेका छन्।
खुद्रा कारोबारका लागि प्रयोग गर्न सजिलो भएसँगै अहिले सहरी क्षेत्रका त अधिकांश पसलले क्युआर कोड राखिसकेका छन्। बसपार्कदेखि मेडिकल हल, क्याफे, सानातिना पसलमा समेत क्युआर कोड प्रयोग भइरहेको छ। ट्राफिक कारबाहीमा पर्दा जरिवाना पनि क्युआर कोडबाट तिर्न सकिन्छ।
नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या उच्च रहेकाले पनि क्युआर कोडजस्ता डिजिटल माध्यमबाट भुक्तानीमा वृद्धि भइरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको गत जेठसम्मको तथ्यांकअनुसार हाल नेपालमा चार करोड पाँच लाख जिएसएम मोबाइल सिम प्रयोग भइरहेको छ भने तीन लाख १९ हजार सिडिएमए प्रयोगमा छन्।
जनसंख्याभन्दा धेरै मोबाइल सिम प्रयोगमा भएकाले पनि डिजिटल भुक्तानीका यस्ता माध्यम निकै सहजताका साथ मानिसहरूले अपनाइरहेका छन्।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असारमा मात्रै क्युआर कोड प्रयोग गरेर करिब ४३ लाख पटक कारोबार गरिएको छ। नेपालमा चल्तीमा रहेका डिजिटल भुक्तानीका विभिन्न १५ माध्यममध्ये क्युआर कोडबाट भइरहेको भुक्तानी संख्याको आधारमा छैठौं स्थानमा छ।
असारमा यो प्रणाली प्रयोग गरेर १४ अर्ब रूपैयाँको कारोबार भएको छ। खुद्रा कारोबारका लागि क्युआर पछिल्लो समय धेरै प्रयोग हुने विकल्पमा देखिन थालेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation