लुम्बिनिमा माओवादी केन्द्रको बिसाल जनप्रर्दसन

बुटवल । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरूको कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाए ।

शनिबार रुपन्देहीको लुम्बिनीमा आयोजित बिसालजनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सभामुख समेत रहेका महराले भने, ‘संविधान कार्यान्वयन गर्न नचाहने तत्वले राष्ट्रपतिलाई प्रयोग गरेर नागरिकता विधेयक प्रमाणीकरणमा अवरोध गरेका छन्, यो राष्ट्रको हित विपरित छ ।’ संविधानको रक्षाको लागि परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने उनले भनाइ छ ।

 

अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्ने एकीकृत शक्ति भएको उल्लेख गर्दै उनले संविधान जोगाउन गठबन्धन आवश्यक रहेको ठोकुवा गरे ।

कार्यक्रममा पार्टीका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव), केन्द्रीय सदस्य हकिकुल्ला खाँ, सोनिया यादव, वकिल मुसलमान लगायतले बोल्दै आगामी चुनावमा गठबन्धनको सहज जित हुने दाबी गरे ।

कार्यक्रममा एमाले, जनमत पार्टी, जसपा लगायतका पार्टीबाट तीन हजार नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको पार्टीका रुपन्देही संयोजक निर्मल जिसीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation