रुपन्देही क्षेत्र ५(ख) जनमत पार्टी सि के गुप्ता र लोसपाका अबुल कैयस बिच प्रतिस्पर्धा

रुपन्देहीको दक्षिणी क्षेत्र लुम्बिनी चुनावी रौनक उत्कर्षमा पुगेको छ । रुपन्देहीको क्षेत्र नम्बर ५ ख मा पर्ने लुम्बिनी रणनीतिक महत्वको क्षेत्र संगै राष्ट्रिय राजनीतिमा समेत दरिलो उपस्थिती जनाउने क्षेत्र हो । रुपन्देही जस्तो सुगम जिल्ला भएर पनि लुम्बिनी विकास र पुर्वाधारको दृष्टिले पछाडी परेको छ । लुम्बिनीबाट प्रतिनिधित्व गर्ने नेताहरु सांसद , मन्त्री बनेर आफ्नो जिवनस्तर परिवर्तन गरेको भएपनि लुम्बिनीवासीको जिवनमा भने कुनै परिवर्तन नभएको स्थानिय अगुवाहरु बताउँछन् ।

सामान्यतया मनोनयन दर्तापछि चुनावी माहोल बन्ने गरे पनि लुम्बिनी क्षेत्रमा भने यसअघि देखिनै चुनावी माहोल बनि सकेको हो । लुम्बिनी जनता समाजवादी पार्टी र माओवादी केन्द्रको संगठन कमाजोर अवस्थामा रहेपनि कांग्रेस सहित मधेसवादी पार्टीहरू सिके राउतको जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, लगायतका दलहरुको प्रभाव देखिन्छ । अन्य क्षेत्र जस्तो लुम्बिनी अझैसम्म कुनै पार्टीको एकलौटी किल्ला बन्न सकेको छैन ।

कहिले कुन पार्टी कहिले कुन पार्टीको जितले यहाँ कसले बाजी मार्ला भन्ने आँकलन गर्न गाह्रो हुन्छ । चुनाव पिच्छे मतदाता फेरिने क्षेत्र समेत रहेको लुम्बिनीमा २०६४ सालको संविधान सभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ७ बाट मधेसी जन अधिकार फोरम मोहम्मद वकिल मुसलमान विजयी बने ।

 

२०७० सालको संविधान सभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका कमलेश्वर पुरिले बाजी मारेका थिए । २०७४ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले पहिलो पटक लुम्बिनीमा विजयी हासिल गरयो । हाल रुपन्देही क्षेत्र नम्बर ५९ख० मा पर्ने लुम्बिनीमा कांग्रेसका फखरुद्दिन खांन प्रदेशसभा सदस्य विजयी बनेका थिए । यसरी हेर्दा शुक्लाबाहेक अन्य नेता प्रायः दोहोरिएका छैनन् ।

उम्मेदवारको अग्रपंतीमा जनमत पार्टीका चन्द्र केश गुप्ता९सि के० , नेपाली कांग्रेसबाट फखरुद्दिन खांन , लोसपाबाट अबुल कैयस मुसलमान , नेकाप एमाले राम चन्द्र यादव , लगाएतका नेता सहित अन्य विभिन्न पार्टी तथा स्वतन्त्रहरुले समेत उम्मेदवारी दिएका छन् । डा सीके राउत नेतृत्वको लोसपा पार्टीले भने अबुल कैयस मुसलमान लाई लुम्बिनीमा फ्रेस र नयाँ अनुहारलाई उतारेको हो ।

 

जनमत पार्टीका सि के गुप्ता संगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट अबुल कैयस मुसलमान र गत निर्वाचनमा निर्वाचित फखरुद्दिन खान विच प्रतिस्प्रधा हुने आकालन गरिएको छ । लुम्बिनी मा पटक पटक नयाँ अनुहारलाई जिताई रहेको विगत ,यसपटक दोहोराएको खण्डमा जनमत बाट सि के गुप्ता निर्वाचित हुन सक्ने देखिएको छ।

 

रुपन्देहीको क्षेत्र नम्बर ५९ख० मा पर्ने यो क्षेत्र मधेशी समुदायको बाहुल्यता छ । लुम्बिनी संस्कृतिक नगरपालिका ,गैडहवा गाउँपालिका , मायादेवी गाउँपालिका वार्ड १,२र , केही वडा यो क्षेत्रमा पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation