नवौं राष्ट्रिय खेलकुद विशेष एउटै राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्ने ‘जलपरी’

२०६५ सालमा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ३२ खेलमा प्रतिस्पर्धा भएको थियो। ३२ खेलमध्ये पौडी खेल राष्ट्रिय चासोको विषय बनेको थियो। पौडीमा पनि करिश्मा कार्कीले कीर्तिमानी प्रदर्शन गर्दै सबैको ध्यान खिँचिन्।

‘जलपरि’ को उपमा पाएकी कार्कीले आफूले भाग लिएका १२ वटै विधामा स्वर्ण जितेर कीर्तिमान बनाएकी थिइन्।

त्यतिबेला राष्ट्रिय खेलकुदको इतिहासमा कार्की एकै प्रतियोगितामा १२ स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। यद्यपी यो रेकर्ड पौडीकै शिरीष गुरुङले भंग गरेका थिए।

ष्लखयतभअज
त्यतिबेलासम्म सो कीर्तिमान नयना शाक्यको नाममा थियो। नयनाले २०५५ मा नेपालगञ्जामा भएको चौथो राष्ट्रिय खेलकुदमा १० स्वर्ण जितेर कीर्तिमान बनाएकी थिइन्।

बुबा इश्वर कार्की राष्ट्रिय खेलकुद परिषद्का पौडी प्रशिक्षक थिए। बुबाकै प्रेरणमा करिश्मा पौडी खेलतर्फ आकर्षित भएकी थिइन्।

७ वर्षको उमेरमा सन् २००० मा करिश्माले पहिलो पटक पौडी सिक्न थालेकी थिइन्। घरमा पौडीका लागि वातावरण भएकाले करिश्मालाई पौडी सिक्न धेरै समय लागेन। उनी पौडी सिक्न थालेको दुई वर्षमै प्रतिस्पर्धामा भाग लिन सफल भइन्।

भ्कभधबकयातधबचष्अबलष्अ
सन् २००२ मा स्कुल पढ्दै पौडीका प्रतिस्पर्धा भाग लिन थालेकी थिइन्। त्यसपछि उनी विस्तारै राष्ट्रियस्तरका प्रतियोगितामा छाउन थालिन्।

सन् २००४ सम्म त उनी देशको उत्कृष्ट खेलाडी मध्येमा पर्न सफल भइन्। जसका कारण उनले सन् २००४ मा पाकिस्तानमा भएको नवौं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने मौका पाइन्।

सानै उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाएकी करिश्माले करिश्माले सन् २००४ देखि २०१० सम्ममा तीन वटा दक्षिण एसियाली खेलकुद ९साग० माग लिएकी थिइन्।

सन् २००४ मा पाकिस्तानमा भएको नवौं सागपछि उनले श्रीलंकाको कोलम्बोमा २००६ मा भएको सागमा पनि भाग प्रतिस्पर्धा गरिन्।

तर दुवै सागमा उनको पदक जित्ने धोको भने पूरा हुन सकेन।

दुई साग खेलेपछि करिश्माले ‌ओलम्पिक खेल्ने सुनौलो अवसर पाइन्। एक खेलाडीका लागि ओलम्पिकमा प्रतिस्पर्धा गर्नु नै सफलता हुन्छ। त्यसमा करिश्मा सफल भइन्।

करिश्माले १६ वर्षको उमेरमा ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले सन् २००८ मा चीनको बेइजिङ ओलम्पिकमा भाग लिएकी थिइन्। उनले सो ओलम्पिकमा ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेकी थिइन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलेपछि करिश्माले राष्ट्रिय स्तरका प्रतिस्पर्धामा करिश्माले एकछत्र राज गरेकी थिइन्।

जसका कराण उनले २०६५ को राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल भइन्।

राष्ट्रिय खेलकुदमा करिश्माले दुई र सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितिन्। यस्तै दुई सय, सय र ५० मिटर ब्याकस्ट्रोकमा पनि उनी अग्रस्थानमा रहदै स्वर्ण हात पार्न सफल भइन्। यसबाहेक करिश्माले दुई सय, सय र ५० मिटर फ्रिस्टायलमा पनि सबैलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।

उनले बटरफ्याइको सय र ५० मिटरको स्पर्धामा स्वर्ण जितिन्। दुई सय मिटर व्यक्तिगत मिड्ले र महिला रिलेमा स्वर्ण जितेर उनले कीर्तिमानी १२ स्वर्णको इतिहास कोरेकी थिइन्। पाँचौ राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्दा उनको उमेर १७ वर्षको थियो। त्यतिबेला उनी भक्तपुरको ख्वप कलेजमा इन्जिनियरिङमा स्नातक तहमा अध्ययनरत थिइन्।

राष्ट्रिय खेलकुदमा कीर्तिमानी प्रतिस्पर्धा गरेपछि सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा पनि कार्कीले भाग लिइन्। सो प्रतियोगितामा करिश्माले पदक जित्नका लागि निकै कडा अभ्यास गरेकी थिइन्। तर उनको पदक जित्ने धोको भने पूरा हुन सकेन।
पाँचौ राष्ट्रिय खेलकुदमा करिश्मा कार्कीले पौडीमा स्वर्ण जितेका विधा
२ सय मिटर ब्रेस्टस्ट्रोक
१ सय मिटर ब्रेस्टस्ट्रोक
२ सय मिटर ब्याकस्ट्रोक
१ सय मिटर ब्याकस्ट्रोक
५० मिटर ब्याकस्ट्रोक
२ सय मिटर फ्रिस्टायल
१ सय मिटर फ्रिस्टायल
५० मिटर फ्रिस्टायल
१ सय मिटर बटरफ्लाइ
५० मिटर बटरफ्लाइ
२ सय मिटर व्यक्तिगत मिड्ले
चार गुणा सय मिटर महिला रिले

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation