कपिलवस्तु १ का उम्मेदवार को हुन् ‘बलदेव’

उज्यालो पोष्ट, रुपन्देही ।
इमान्दारीता सक्रियता, अनुशासित, नैतीकवान, त्याग तपस्या र बलिदानी भावका साथ साथै, वर्गिय दृष्टिकोणसहितको क्रान्तिकारी विचारमा प्रतिवद्ध असल कम्यूनिष्ट हुन चक्रपाणि खनाल ‘वलदेब’ ।
मानव इतिहासका आम श्रमजीवि उत्पीडीत जनतालाई सवै प्रकारका शोषण, दमन, उत्पीडन र बिभेदवाट मुक्त गर्न समाजवादी राज्यब्यवस्था स्थापना गर्न हिडेका बलदेवको जन्म २०१९ साल बैसाख २० गते अर्घाखाचिको ढाकावाङमा भएको हो । वाल्यकाल उनको उहि ढाकावाङमै विताएका ‘बलदेव’ १४ बर्षको उमेरमै लाहुर हानिए । २०३४ सालतिरको कुरो हुदो हो विचारमा स्पष्ट, निडर र हक्कि स्वभावका उनि राजनितिप्रति निकै चासो राख्दथे । नेपालमा राजसंस्थाको दमन, उत्पीडन र वर्ग बिभेद भएको उनलाई पटक्कै मन परको थिएन भने नेपालमा सत्ताप्रतिको बिद्रोह सल्किदै थियो । ३६ सालको जनआन्दोलनमा उनि नेपाल फर्किए र आन्दोलनको अग्रमोर्चामा कपिलवस्तुको नेतृत्व गरे । तत्कालिन मसालको विचारवाट प्रभावित उनि ३४ सालमै मसालमा आवद्धता भए र ३८ सालमा पार्टिको सदस्य भए ।

भारत छदा फोटोग्राफिको काम सिकेका उनि कपिलकस्तुमा तेहि काम गर्दै राजनितिलाई अगाडी बढाइरहेका थिए । पार्टि कामकै सिलसिलामा २०३४ असारमा गिरफ्तार परे । त्यतिबेला उनि युवाका जील्ला अध्यक्ष र पार्टिको इलाका इन्चार्ज भैसकेका थिए । पार्टि संस्कृतिक फाटमा समेत काम गरेका उनि ४० दिनको हिरासत पछि पूर्णकालिन भूमिगत राजनिति सुरु गरे । २०४६ सालको आन्दोलनको युवा नेतृत्व गरेका बलदेव बहुदल पछि मसाल कपिलवस्तुको प्रवक्ता भए । विभिन्न मुद्धा, जेल, हिरासतको प्रवाह नगरि उनि निरन्तर पार्टि काममा लागे । महोन बिक्रम र मोहन वैधको मोटो र पातलो मसालको विभाजनपछि ४७ मा मोहन बिक्रमको सालबाट बिद्रोह गरि वावुराम, हरिवोल गजुरेल सहित उनि प्रचण्डसंग ४२ मा एकता महाधिवेसन गरि कपिलवस्तु जील्ला सेक्रेटरी भई यूद्धको तयारीमा जुटे । वैशाख वाट नै पार्टिले यूद्धको तयारी गरेको थियो ।

२०५० सालमा नै लडाकु यूवा दस्ता तयार पारि उनकै कमाण्डरमा विभिन्न ट्रेनिङहरु सञ्चालन भए । २०५१ को अन्तिमतिर हतियार यूद्धको अन्तिम तयारी गरे र ५२ फागुनमा जनयूद्ध सुरु भयो । पार्टिको पनि सेनाको पनि जिम्मा पाएका उनि लुम्बिनि उपब्यूरो को ईन्चार्ज भए । २०५४ को भाद्रमा बसेको पार्टिको विस्तारित बैठकले केन्द्रीय समितिमा मनोनित गर्दै सेनामा बटालियन कमिसार, बिग्रेड कमिसार हुदै शान्तीप्रकृयामा उनि डेपुटि कमाण्डर भए । बेनि कब्जा,जुम्ला कब्जा, मलङगवाको हेलि आक्रमण, अर्घाखाचि सदरमुकाम कब्जा, स्याङजा कब्जा लगायत थुप्रै यूद्ध मोर्चाको नेतृत्व गरे । २०६२÷६३ को जनआन्दोलन पछि पार्टि सान्तिप्रकृयामा आयो र सेना समायोजन प्रकृयाको समेत नेतृत्व गरे । दोस्रो संविधान सभाको निर्वाचनमा उनि कपिलवस्तुवाट पराजित हुन पुगे भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनि कपिलवस्तु निर्वाचन क्षेत्र १ वाट भारी मतका साथ बिजयी भए । २०७२ मा पार्टिको विराटनगर सम्मेलनले उनि पार्टिको सचिवमा निर्वाचित भए । राजनितिमा कहिल्यै हार नवेहोरेका उनि सेना समायोजन र यूद्ध व्यबस्थापनका लागि विभिन्न देशहरु नर्वे, जर्मन, म्यानमार, चाइना लगायत थुप्रै देशहरुको भ्रमण गरेका छन् ।

तात्कालिन प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनितिक सल्लाहकार समेत भैसकेका बलदेव २०७४मा कपिलवस्तु १ वाट निर्वाचित भै कृषि मन्त्री भए । उनको कार्यकाल छोटो भए पनि मुख्यगरि जमिन र कृषिमा पोलिसि निर्माणमा काम गरि जमिनको व्यवस्थापन ४ प्रकारवाट पूर्जाद्धारा गर्ने, पहेलो, निलो, हरियो र पहेलो । व्यवसायिक, कृषि, उद्योग र सुकुम्वासिका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्ट्राचार हुने देखियकाले अनलाईन प्रणालिमा ल्याउने काम गरे । जमिनको चक्लाबन्दिको विषय र कृषिमा यूवा भन्ने कार्यक्रम जो निकै प्रभावकारी थियो । त्यो तात्कालिक प्रधानमन्त्रि के पि ओलिले लागु गर्न नदिएपछि उनि पदवाट राजिनामा दिए । कृषिजन्य वस्तु आयातमा खसि बोका प्रतिन्ध, सात ओटै प्रदेश र कपिलवस्तु गरि आठ ओटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना ओलिलाई सुनाएपछि तत्कालिन प्रधानमन्त्रि ओलि अत्तालिए र काम गर्न दिएनन । काम गर्न नदिएपछि उनिले पदवाट रानिजामा दिए, अहिले तेहि योजनालाई प्रमुख एजेण्डा बनाइ जनाताका घरदैलोमा पुगेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation