
रुपन्देहि । नेकपा माओवादी केन्द्र रुपन्देही का ४ जना नेता समानुपातिक सूची तर्फ अग्र स्थानमा पर्न सफल भएका छन् । संघिय समानुपातिक सांसद उम्मेदवारको सूचीमा मुस्लिम तर्फ हकि कुल्लाह खाँ एक नम्वरमा पर्नु भएको छ । यता प्रदेश सभाको समानुपातिक तर्फ रुपन्देहीकी रिज्यू श्रेष्ठ जनजाति महिला तर्फ एक नम्वरमा पर्नु भएको छ ।
प्रमोद यादव समेत मधेसी क्लष्टरवाट प्रदेश सभा समानुपातिको सूचीमा पर्नु भएको छ । माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका उम्मेदवार मध्ये रिज्यू श्रेष्ठ र हकि कुल्लाह खाँ सांसद बन्ने सुनिश्चत जस्तै छ । प्रमोद यादवको पनि अधिक संभावना छ । गुलाम अलि समेत संभावित सांसदको सूचीमा हुनुहुन्छ ।