को हुन वामदेव क्षेत्री ? जो प्रदेश सभामा लड्दै छन !

वामदेव कम्युनिष्ट राजनीति विचारप्रति सानैबाट प्रभावित हुनुहुन्थ्यो। ८ कक्षा पढदादेखि नै कम्युनिष्ट नेता पुष्पलालको पुस्तक पढ्ने गर्नुहुन्थ्यो । त्यसैको परिणाम त वामदेवले कम्युनिष्ट विचार सिद्धान्तलाई सदा अंगीकार गरिरहनुभयो । पछि अखिल भारत नेपाल विद्यार्थी संगठनको प्रथम राष्ट्रिय सम्मेलनमा उहाँ चण्डीगढी पुग्नुभयो । त्यतिबेला संगठनको अध्यक्ष बाबुराम भट्टराई हुनुहुन्थ्यो । तर, भारतका लागि तत्कालीन नेपाली राजदूत वेदानन्द झाले उद्घाटन गर्ने सो कार्यक्रम कम्युनिष्टको जस्तो नलागेर दिल्ली फर्कनुभयो वामदेव । वि.सं. २०३६ मा आईआईटी दिल्लीमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँको सम्पर्क निर्मल लामासँग भयो ।

 

उहाँसँगको छलफलपछि वामदेव नेपालको कम्युनिष्ट आन्दोलनसँग जोडिनुभयो । त्यसको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी मसालको सदस्य बन्नुभयो । वि.सं. २०३९ । मा उहाँ दिल्ली एरिया सेक्रेटरी हुनुभयो भने वि.स. २०४१ देखि ०४५ सम्म जिल्ला समितिमा रहनुभयो । २०४५ देखि २०४८ सम्म क्षेत्रीय ब्युरो सदस्य बन्नुभयो । त्यसपछि पार्टी नेकपा एकता केन्द्र बन्यो जसमा प्रचण्ड, बाबुराम, निर्मल लामालगायतका नेता हुनुहुन्थ्यो । २०४८ मा उहाँ एकता केन्द्रको दिल्ली सेक्रेटरी हुनुभयो। त्यसपछि पार्टी विभाजनसँगै उहाँ माओवादीमा आबद्ध हुनुभयो ।

वि.सं. २०५२ फागुन १ गतेबाट पार्टीले जनयुद्ध घोषणा गन्यो । त्यसपछि ०५२-०५४ मा उहाँ अन्तर्राष्ट्रिय विभागमा रहनुभयो भने ०५४ मा क्षेत्रीय ब्युरो सदस्य । त्यसपछि इन्टरनेशनल सोलोडेरेटी फर्म नेपालको संयोजक हुनुभयो। वि.स. २०५७ मा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बन्नुभयो । बिडम्बना वि.सं. २०५८ मा वामदेव पक्राउ पर्नुभयो । १४ महिना जेल पर्नुभएपछि सरकार-माओवादी वार्ता चलिरहंदा उहाँ रिहा हुनुभयो । अब भने उहाँलाई नेपालको विशेष क्षेत्र, पश्चिम कमाण्डअन्तर्गत गुल्मी, बाग्लुङ, म्याग्दी हेर्ने गरी इन्चार्ज बनाइयो। पछि रूपन्देही खटिएर लडाकु, पार्टी र सत्ताको इन्चार्ज हुनुभयो । विराटनगर सम्मेलनपछिको निर्वाचनबाट भने पोलिटब्युरो सदस्य बन्नुभयो ।

यसैगरी वि.सं. २०६४ को संविधानसभाको निर्वाचन अघिसम्म रहेको चुनावी सरकारमा माओवादीका ७३ जनामध्ये उहाँ पनि अन्तरिम विधायक हुनुभयो । वि.सं. २०६४ पछि बनेको माओवादी सरकारका बेला उहाँ ११ महिना कृषि विकास बैंकको अध्यक्ष बन्नुभयो। त्यसको केही समयपछि माओवादीमा फुट आयो र वामदेव बाबुरामले नेतृत्व गर्नुभएको नयाँ शक्ति नेपालमा प्रवेश गर्नुभयो । त्यहाँ रहँदा उहाँ १ वर्ष विभाग इञ्चार्ज बन्नुभयो । पुनः माओवादी केन्द्रमा आएपछि भने हालसम्म । पोलिटब्युरो सदस्य  हुनुहुन्छ । भने उहाँ रुपन्देही क्षेत्र 2को २ मा प्रदेशसभा तर्फ गठबन्धन दलको तर्फबाट चुनाबी मैदानमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation